Logo

२०८२ माघ ११ गते आइतवार

२०८२ माघ ११ गते आइतवार

शान्तिश्रीले ल्याइन तीज गीत ‘माथि माथि माया बग्छ’

शान्तिश्रीले ल्याइन तीज गीत ‘माथि माथि माया बग्छ’


  • 3.0K
    Shares

    शान्तिश्रीले ल्याइन तीज गीत  ‘माथि माथि माया बग्छ’

    काठमाण्डौं ।  नजिकिदै  गरेको तीजलाई लक्षित गरेर गीतकार प्रीतम श्रेष्ठले पहिलोपटक आफ्नै संगीत र शब्दमा रहेको  नयाँ तीज गीत ‘माथि माथि माया बग्छ’ म्युजिक भिडियो सहित  सार्वजनिक भएको छ।

    यस  गीतमा गायिका  शान्तिश्री परियारको सुमधुर स्वर सुन्न सकिन्छ।  गीतमा  माधव भण्डारीको संगीत संयोजन रहेको छ। म्युजिक भिडियोमा जुना विश्वकर्मा र सुरेश कोहलीको अभिनय रहेको छ।  प्रविन थापाको कोरियोग्राफी र निर्देशनमा भिडियो तयार पारिएको हो।

    गीतकार  श्रेष्ठ हाल सान फ्रान्सिस्को, क्यालिफोर्नियामा बसोबास गर्दै क्यालिफोर्निया राज्यको डाटा एनालिस्टको रूपमा काम गर्दै छन्, विदेशी भूमिमा रहेर व्यस्त कामका बावजुद  पनि नेपाली संस्कृति, परम्परा र महिलाको सम्मानलाई प्राथमिकता दिँदै उनले यो गीत  तयार गरेका हुन्।

    आजकाल धेरै तीजका गीतहरू केवल पैसा र भ्यूजको लागि बनाइरहेको समयमा  गीतकार प्रीतम श्रेष्ठले मौलिकता र सांस्कृतिक महत्वलाई प्राथमिकता दिएका छन्। उनले यस अघि दुई गीतहरू ुमायालुु र  ुतिमी हिड्ने गल्लीु सार्वजनिक गरिसकेका छन्।  

    प्रकाशित मिति :श्रावण २५ २०८१ शुक्रवार - १२:५३:१५ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij