Logo

२०८२ भाद्र १९ गते बिहिवार

२०८२ भाद्र १९ गते बिहिवार

माग्ने बुढाको छोरा आशिषले ‘होस्टेल ३’बाट डेब्यु गर्ने

माग्ने बुढाको छोरा आशिषले ‘होस्टेल ३’बाट डेब्यु गर्ने


  • 3.5K
    Shares

    माग्ने बुढाको छोरा आशिषले ‘होस्टेल ३’बाट डेब्यु गर्ने
    images

    काठमाडौं । फिल्म ‘होस्टेल’को तेस्रो श्रृंखलाको प्रदर्शन मिति घोषणा भएको छ । छायांकन सुरु नहुँदै निर्माताले फागुन १६ गते फिल्म आउने जनाएका हुन् ।

    सो मितिमा नेपाल र अन्तर्राष्ट्रिय बजारमा समेत प्रदर्शन हुने निर्देशक सशान कँडेलले बताए । छायांकन भने भदौ २१ गतेदेखि गर्ने तयारी छ । फिल्मको शीर्ष भूमिकामा कन्टेन्ट क्रिएटर पारस बम ‘कुल ब्वाय’, गायक रिहान गिरी, पदम तामाङ र टिकटकर सिम्रन पन्त अनुबन्धित भैसकेका छन् । यो फिल्मबाट एकजना ‘स्टार किड’ले डेब्यु गर्ने पक्का भएको छ ।

    हाँस्य कलाकार केदार घिमिरे ‘माग्ने बुढा’का छोरा आशिषले यो फिल्मबाट डेब्यु गर्ने पक्का भएको छ । आशिषले बाल्यकालमा हाँस्य टेलिश्रृंखला ‘मेरी बास्सै’मा आफ्नै पितासँग ‘धुन्धुकारी’ नामक छोराको भूमिकामा अभिनय गरेका थिए । घिमिरेकी पत्नी सीतादेवी तिमल्सेनाले पनि ‘सानो संसार’बाट फिल्ममा डेब्यु गर्दैछिन् । यो फिल्म दसैं घटस्थापनामा रिलिज हुँदैछ ।

    ‘होस्टेल ३’को कुरा गर्दा, यसमा कलाकार हेना नगरकोटी पनि अनुबन्धित भएकी छन् । उनले एक्टर स्टुडियोमा लामो समय नाटक गरेकी छन् भने वेब सिरिज ‘खेल’ र ‘साहु बा’मा पनि अभिनय गरेकी छन् । कथानक फिल्म ‘बाइरोड’मा समेत उनले अभिनय गरेकी छन् ।

    यो फिल्म चलेका कलाकार जन्माउने श्रृंखलाको रुपमा चिनिन्छ । अनमोल केसी, सलोन बस्नेत, प्रकृति श्रेष्ठ, स्वस्तिमा खड्का, सुशील श्रेष्ठ, नजिर हुसेन, सुशील सिटौला लगायतका कलाकार पनि डेब्यु गरेका थिए ।

    ‘होस्टेल ३’को लागि माधव शर्माले स्क्रिप्ट लेखेका छन् । कथा भने निर्देशक कँडेलले नै लेखेका हुन् । यसलाई सम्मान इन्टरटेन्मेन्टले आरोन कन फिल्म्ससँगको सहकार्यमा बनाउँदै छ । कार्यकारी निर्माता शङ्कर कोइराला हुन् भने निर्माताहरू कर्ण कार्की र गोविन्द अधिकारी हुन् । सह निर्माताहरू सुधा मरहट्ठा, सुरेश कँडेल र अर्जुन सापकोटा हुन् ।

    प्रकाशित मिति :श्रावण १९ २०८१ शनिवार - २०:०५:४८ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij