२०८२ भाद्र १९ गते बिहिवार
काठमाडौं । दयाहाङ राई र मिरूना मगर अभिनीत फिल्म घरज्वाइँ हलमा लागिरहेको अहिले तेस्रो सातामा प्रदर्शनरत फिल्म हो ।
फिल्मले दुई सातामा ४ करोड ६३ लाख रूपैयाँ ग्रस कलेक्सन गरेको निर्माताले जानकारी दिएका छन्। गत बिहीबारसम्म उक्त कमाइ गरेको फिल्मले सुरूवाती दुई दिनमा १ करोड ५१ लाख रूपैयाँ ग्रस कमाएको थियो। बर्खायाममा पनि फिल्मले दर्शकको राम्रो साथ पाएको हो।
अनिल बुढा मगरको पहिलो निर्देशकीय यो फिल्म मगर समुदायको कथामा बनेको छ। यसमा दयाहाङ र मिरुनासहित बुद्धि तामाङ, पुष्कर गुरूङ, शिशिर बाङ्देल, राज थापा मगर, भोलाराज सापकोटा, खड्कबहादुर पुन ९खबपु०, राज थापा, कविता आले मगर, अनु थापा लगायतको अभिनय छ।
जनक घर्ती मगर फिल्मका निर्माता हुन्। 'घरज्वाइँ' युरोपका विभिन्न देशहरूमा समेत प्रदर्शनको तयारीमा छ।
© 2025 All right reserved to khabarcnter.com | Site By : Sobij