Logo

२०८२ भाद्र १९ गते बिहिवार

२०८२ भाद्र १९ गते बिहिवार

‘सक्किगोनी’ टिमले घोषणा गरे फिल्म ‘लाज शरणम्’, किन अटाएनन् कक्रोच ?

‘सक्किगोनी’ टिमले घोषणा गरे फिल्म ‘लाज शरणम्’, किन अटाएनन् कक्रोच ?


  • 5.4K
    Shares

    ‘सक्किगोनी’ टिमले घोषणा गरे फिल्म ‘लाज शरणम्’, किन अटाएनन् कक्रोच ?
    images

    काठमाडौं । टेलिसिरियल ‘सक्किगोनी’ टिमले फिल्म ‘लाज शरणम्’ घोषणा गरेको छ । कमलपोखरीमा शुक्रबार एक कार्यक्रम आयोजना गरी फिल्ममा कुमार कट्टेल ‘जिग्री’को लेखन र निर्देशन रहने जानकारी दिइएको हो ।

    सिरियलका मुख्य कलाकारहरू अर्जुन घिमिरे ‘पाँडे’, सागर लम्साल ‘बले’ र कमणमणि नेपाल ‘खुपीका बाउ’ मुख्य भूमिकामा रहेको बताइएको छ । यस बाहेक यही फिल्ममार्फत वरिष्ठ कलाकार मुकुन्द श्रेष्ठ १२ वर्षपछि अभिनयमा फर्कंदैछन् ।

    श्रेष्ठसहित नायक विजय बराल र नायिका माला लिम्बू ‘सक्किगोनी’ टिम बाहिरबाट अनुबन्ध भएको जानकारी दिइएको थियो । तर, सक्किगोनीमा मुख्य कलाकार हरिश निरौला ‘कक्रोच’ कार्यक्रममा अनुपस्थित थिए । अहिलेसम्मको अवस्थामा फिल्ममा उनको भूमिका नरहेको बताइएको छ ।

    कक्रोचका लागि तय भएको भूमिका विजय बरालले गर्ने भएका हुन् । त्यसपछि स्क्रिप्टमा उनको भूमिका छैन । कक्रोच आजको कार्यक्रममा अनुपस्थित भएकाले टिममा मनमुटाव भएको भन्ने शङ्का पैदा गर्छ । तर यो संयोग मात्रै भएको स्रोतको दाबी छ । उनी अनुपस्थित रहनुको कारण कार्यव्यस्तता नै रहेको स्रोत बताउँछ ।

    स्रोत भन्छ, ‘सहमतिमै कक्रोचको रोल विजयलाई दिइएको हो । कक्रोचले निर्माण टिममै रहेर काम गर्ने सम्भावना छ ।’

    प्रकाशित मिति :श्रावण ४ २०८१ शुक्रवार - १७:०६:२३ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij