Logo

२०८२ भाद्र १९ गते बिहिवार

२०८२ भाद्र १९ गते बिहिवार

बल्छीले बनाउन लागेको ‘राधा’ फिल्म हो कि सिरियल ?

बल्छीले बनाउन लागेको ‘राधा’ फिल्म हो कि सिरियल ?


  • 2.6K
    Shares

    बल्छीले बनाउन लागेको ‘राधा’ फिल्म हो कि सिरियल ?
    images

    काठमाडौं । कलाकार मरिचमान श्रेष्ठ बल्छी धुर्बेले एक पोस्टर सार्वजनिक गर्दै नयाँ प्रोजेक्टमा हात हालेको जानकारी दिएका छन् । जनयुद्धको कथामा आधारित ‘राधा’ उनले सुरु गरेको नयाँ प्रोजेक्ट हो ।

    पछिल्लो समय सिरियल निर्माण र निर्देशनमा व्यस्त बल्छीको यो घोषणाले कौतुहलता पैदा गर्छ । उनले ‘राधा’ फिल्म हो कि सिरियल प्रष्ट पारेका छैनन् ।

    radha.JPG

    समर्थकहरूले उनको सामाजिक सञ्जालको कमेन्ट बक्समा ‘फिल्म हो कि सिरियल ?’ भन्ने प्रश्न गरेका छन् ।

    फिल्म निर्माणको योजनामै रहेका बल्छीको यो प्रोजेक्ट फिचर फिल्मको होइन । सिरिज निर्माण गर्न लागेका हुन् । तर फरक शैलीमा प्रशारण गर्ने योजनमा छन् । बल्छीका अनुसार साउन ५ गतेबाट छायांकनमा निस्किने तयारी छ । लम्जुङका विभिन्न स्थानमा छायांकन गर्ने तालिका बनाइँदैछ ।

    ‘राधा’का लागि कलाकार छनोट भइनसकेको उनी बताउँछन् । भन्छन्, ‘मेरो पनि अभिनय हुन्छ कि हुँदैन ठेगान छैन ।’ यद्यपि यसको लेखक र निर्देशक आफ्नै रहने उनले जानकारी दिएका छन् ।

    प्रकाशित मिति :आषाढ २५ २०८१ मंगलवार - ०४:२०:०६ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij