Logo

२०८२ भाद्र २ गते सोमवार

२०८२ भाद्र २ गते सोमवार

भरतपुरको क्रिकेट रंगशाला निर्माणको काम ३० महिनाभित्र सक्ने सम्झौता

भरतपुरको क्रिकेट रंगशाला निर्माणको काम ३० महिनाभित्र सक्ने सम्झौता


  • 3.9K
    Shares

    भरतपुरको क्रिकेट रंगशाला निर्माणको काम ३० महिनाभित्र सक्ने सम्झौता

    काठमाण्डौ । चितवनको भरतपुरमा निर्माणाधिन गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशाला निर्माणका लागि भरतपुर महानगरपलिका र ठेकेदार कम्पनीबीच सम्झौता भएको छ ।

    ३० महिनाभित्र रङ्गशालाको पहिलो चरणको निर्माण सक्ने गरी निर्माण कम्पनी हिमालयन कालिञ्चोक बीबीआर जेभीसँग सम्झौता गरेको भरतपुर महानगरपलिकाका प्रमुख प्रशासकीय अधिकृत लक्ष्मी प्रसाद पौडेलले जानकारी दिए ।

    सम्झौतामा रङ्गशालाको काम २०८३ साल पुस २२ गतेभित्र सक्ने उल्लेख छ । सम्झौतामा उल्लेख भएअनुसार निर्माण कम्पनीले रङ्गशालामा मैदानसहित पाँच वटा पिच, तीन÷तीन तलाको दुईवटा टावर, १० हजार क्षमताको प्याराफिटसहित मैदान लगायतका निर्माण गर्नेछ ।

    आयोजनाको सम्झौता लागत ७५ करोड ५० लाख ९१ हजार एक सय ८९ रुपैयाँ रहेको छ । रङ्गशाला निर्माणका लागि आउँदो आर्थिक वर्ष संघीय सरकारले २५ करोड र भरतपुर महानगरपालिकाले चार करोड ८० लाख बजेट विनियोजन गरेका छन् ।

    यस्तै बागमती प्रदेश सरकारले कुल ठेक्का रकमको ७० प्रतिशत रकम व्यहोर्ने निर्णय गरेको छ । शुरु रङ्गशाला निर्माण थालेको धुर्मस–सुन्तली फाण्डेशनले पाँच हजार बस्ने प्याराफिट तयार गरिसकेको छ । धुर्मस–सुन्तली फाण्डेशनले चन्दा सङ्कलन गरी बनाउन शुरु गरेको रङ्गशाला बजेट अभाव भएको भन्दै २०७८ साउन २२ गतेबाट पूर्ण रूपमा काम रोकेको थियो ।   

    प्रकाशित मिति :आषाढ २४ २०८१ सोमवार - १४:११:३४ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij