Logo

२०८२ भाद्र १९ गते बिहिवार

२०८२ भाद्र १९ गते बिहिवार

बधाईको ओइरो आएपछि बर्षाले लेखेकी छन् – सबै जना शान्त हुनुहोस्, म गर्भवती छैन

बधाईको ओइरो आएपछि बर्षाले लेखेकी छन् – सबै जना शान्त हुनुहोस्, म गर्भवती छैन


  • 3.1K
    Shares

    बधाईको ओइरो आएपछि बर्षाले लेखेकी छन् – सबै जना शान्त हुनुहोस्, म गर्भवती छैन
    images

    अभिनेत्री वर्षा राउतले शनिबार सामाजिक सञ्जालमा एकसाथ उस्तै खालका दुइटा तस्बिर पोस्ट गरिन्। उक्त तस्बिरमा उनलाई बधाईको ओइरो आउन थाल्यो। 

    तस्बिरमा वर्षाको पेट पुट्ट निस्किएको देखिएको छ। धेरैले उनी गर्भवती भएको अनुमान गर्दै बधाई दिए। 

    यसरी फ्यान एवं शुभचिन्तकबाट बधाई आउन थालेपछि वर्षाले आफू गर्भवती नरहेको प्रष्टिकरण दिएकी छन्। उनले कमेन्टमा लेखेकी छन् – 'सबै जना शान्त हुनुहोस्, म गर्भवती छैन।'

    वर्षाले ६ वर्षअघि अभिनेता एवं व्यवसायी संजोग कोइरालासँग विवाह गरेकी थिइन्। कामको कुरा गर्दा वर्षा पछिल्लो समय फिल्म 'महाजात्रा' मा देखिएकी थिइन्। यतिबेला फिल्म 'मेयर' को डबिङमा व्यस्त उनले अर्को फिल्म 'तेल भिसा' को समेत छायांकन सकेकी छन्।

    प्रकाशित मिति :आषाढ २३ २०८१ आइतवार - २१:१२:४४ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij