२०८२ भाद्र १ गते आइतवार
काठमाडौँ । कोशी प्रदेशमा कुल वितरित टेलिफोन संख्यामा ४.८ प्रतिशतले वृद्धि भएको छ ।
नेपार राष्ट्र बैंकले सार्वजनिक गरेको कोशी प्रदेशको अर्ध-वार्षिक आर्थिक गतिविधि अध्ययन प्रतिवेदन २०८०/८१ को अनुसार यस प्रदेशमा २०८० पुस मसान्तमा कोशी प्रदेशमा कुल वितरित टेलिफोन संख्यामा ४.८ प्रतिशतले वृद्धि भई यो संख्या ५० लाख ६१ हजार ३ सय ४७ पुगेको देखिएको हो ।
२०८० असार मसान्तमा यो संख्या ४८ लाख २७ हजार ६ सय ७६ रहेको थियो । त्यसैगरी, इन्टरनेट सेवा प्रयोगकर्ताको संख्या ५.३ प्रतिशतले वृद्धि भएको छ ।
© 2025 All right reserved to khabarcnter.com | Site By : Sobij