Logo

२०८२ भाद्र १ गते आइतवार

२०८२ भाद्र १ गते आइतवार

कर्जा ग्राहकहरूलाई एनआइसी एशियाले ल्यायो व्याज छुट योजना

कर्जा ग्राहकहरूलाई एनआइसी एशियाले ल्यायो व्याज छुट योजना


  • 1.8K
    Shares

    कर्जा ग्राहकहरूलाई एनआइसी एशियाले ल्यायो व्याज छुट योजना

    काठमाडौँ । ‘बैंक पनि साथी पनि, राम्रो पनि हाम्रो पनि’ भन्ने मूल नाराका साथ उत्तरदायी बैंकिङ्गको अभ्यास गर्दै आइरहेको एनआईसी एशिया बैंकले देशमा हाल कायम रहेको आर्थिक शिथिलतालाई मध्यनजर गर्दै व्याज छुट योजना सार्वजनिक गरेको छ । 

    बैंकको कर्जा ग्राहकहरुमा परेको असरलाई न्यूनीकरण गर्न सघाउ पुर्याउने हेतुले २०८० चैत्र मसान्त सम्ममा भाखा नाघेका कर्जाहरूको हकमा सम्बन्धित ऋणीले सम्पूर्ण कर्जा रकम २०८१ आषाढ महिना भित्रमा चुक्ता भुक्तान गरेमा जरिवाना तथा हर्जाना रकममा शत प्रतिशत छुट दिइनेछ ।  

    साथै ९१ दिनदेखि १८० दिन भाखा नाघेकालाई १५ प्रतिशत, १८१ दिनदेखि ३६५ दिन भाखा नाघेकालाई २५ प्रतिशत र ३६५ दिनभन्दा बढी भाखा नाघेकालाई ३५ प्रतिशत व्याज रकममा छुट दिइने बैकले जनाएको छ । 

    मासिक तथा त्रैमासिक किस्ताबन्दीमा भुक्तानी हुने वा चालू पुँजी कर्जा तथा अन्य रिभल्विङ प्रकृतिका कर्जाहरू लगायत बैंकबाट प्रवाह भएका कुनै पनि प्रकारका कर्जाहरूमा आर्थिक शिथिलताका कारणले मर्कामा परेका  ग्राहकले यस योजनामा सहभागी भई लाभ लिन सक्ने बैकले जनाएको छ । 

    प्रकाशित मिति :आषाढ १९ २०८१ बुधवार - ०७:२८:४२ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij