Logo

२०८३ बैशाख १३ गते आइतवार

२०८३ बैशाख १३ गते आइतवार

गरिमा सुवर्ण योजनाको इकाई बिक्री खुला, आजदेखि आवेदन दिन सकिने

गरिमा सुवर्ण योजनाको इकाई बिक्री खुला, आजदेखि आवेदन दिन सकिने


  • 848
    Shares

    गरिमा सुवर्ण योजनाको इकाई बिक्री खुला, आजदेखि आवेदन दिन सकिने

    काठमाडौं । आजदेखि गरिमा क्यापिटल लिमिटेडले आफ्नो दोस्रो म्युचुअल फण्ड ‘गरिमा सुवर्ण योजना’ निष्काशन तथा बिक्री खुला गरेको छ। यो एक खुलामुखी योजना हो।

    कुल १ अर्ब रुपैयाँ आकारको यस योजनामा क्यापिटलले पहिलो चरणमा ५० करोड रुपैयाँ बराबरको ५ करोड इकाई बिक्रीमा ल्याएको हो। यसमध्ये १ करोड ५० लाख इकाई कोष प्रवर्द्धक गरिमा विकास बैंक र योजना व्यवस्थापक गरिमा क्यापिटलका लागि सुरक्षित गरिएको छ।

    बाँकी रहेको ३ करोड ५० लाख इकाई सर्वसाधारण लगानीकर्ताका लागि बिक्री खुला गरिएको छ। प्रतिइकाई १० रुपैयाँ अंकित मूल्य रहेको यस योजनामा लगानीकर्ताले न्यूनतम १०० इकाईदेखि अधिकतम ५० लाख इकाईसम्मका लागि आवेदन दिन सक्नेछन्।

    पहिलो चरणको निष्काशन सकिएपछि बाँकी रहेका इकाईहरू योजना व्यवस्थापकले तोकेको केन्द्रहरूबाट निरन्तर खरिद-बिक्रीका लागि खुला गरिनेछ।

    इच्छुक लगानीकर्ताले छिटोमा चैत २ गतेसम्म आवेदन दिन सक्नेछन्। सो अवधिमा पर्याप्त आवेदन नपरेको खण्डमा आवेदन दिने म्याद चैत १२ गतेसम्म थप हुन सक्ने क्यापिटलले जनाएको छ।

    योजनाको धितोपत्र निष्कासन तथा बिक्री प्रबन्धक गरिमा क्यापिटल लिमिटेड नै रहेको छ

     

    images
    प्रकाशित मिति :फाल्गुण २८ २०८२ बिहिवार - ११:५४:५४ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij