Logo

२०८२ भाद्र २ गते सोमवार

२०८२ भाद्र २ गते सोमवार

भरतपुर महानगरद्वारा क्रिकेटर लामिछानेको सम्मान

भरतपुर महानगरद्वारा क्रिकेटर लामिछानेको सम्मान


  • 2.2K
    Shares

    भरतपुर महानगरद्वारा क्रिकेटर लामिछानेको सम्मान
    चितवन । राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान सन्दीप लामिछानेलाई भरतपुर महानगरपालिकाले सम्मान गरेको छ । 
     
    आज यहाँ एक कार्यक्रमको आयोजना गरी  उनलाई नगद रु एक लाखसहित सम्मान गरिएको हो । उनलाई महानगरपालिका प्रमुख रेनु दाहाल र उपप्रमुख चित्रसेन अधिकारीले संयुक्त रुपमा सम्मान गरेका हुन् । 
     
    त्यस अवसरमा  नगरप्रमुख दाहालले खेलाडीको सम्मानले उनीहरू खेलप्रति  अझ प्रोत्साहित हुने विचार व्यक्त गर्दै भरतपुर महानगरपालिकाले खेलाडी सम्मानलाई प्राथमिकतामा राखेको बताए ।
     
    भरतपुर महानगरपालिकाले रङ्गशाला निर्माणदेखि खेलक्षेत्रमा सक्दो सहयोग गर्दै आएको उनले आएको बताए ।
     
    जिल्ला क्रिकेट सङ्घका अध्यक्ष सुदीप पियाले खेलक्षेत्रको विकासका लागि महानगरले निर्वाह गरेको भूमिकाको सराहना गरे । 

    प्रकाशित मिति :आषाढ १८ २०८१ मंगलवार - १५:१९:२४ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij