Logo

२०८२ भाद्र २ गते सोमवार

२०८२ भाद्र २ गते सोमवार

खेलकुद 

युरोकपमा आज रोमानिया र नेदरल्यान्ड्सबीच प्रतिस्पर्धा हुँदै 

युरोकपमा आज रोमानिया र नेदरल्यान्ड्सबीच प्रतिस्पर्धा हुँदै 


  • 2.7K
    Shares

    युरोकपमा आज रोमानिया र नेदरल्यान्ड्सबीच प्रतिस्पर्धा हुँदै 

    काठमाडौं । जारी युरोकपअन्तर्गत आज रोमानियाले नेदरल्यान्ड्सको सामना गर्दैछ । यो खेल नेपाली समय अनुसार राति ९ः४५ बजेदेखि सुरु हुँदैछ । 

    रोमानिया समूह ‘ई’ मा ३ खेलमा एक जित एक बराबरी र एक हारसहित चार अंक बटुलेर शीर्ष स्थानमा रहदै नक आउट चरणमा पुगेको हो । 

    रोमानियाले पहिलो खेलमा युक्रेनलाई ३–० गोल अन्तरले पराजित गरेको थियो । त्यस्तै दोस्रो खेलमा बेल्जियमसँग २–० ले हरेको रोमानियाले तेस्रो खेलमा स्लोभाकियासँग १–१ गोलको बराबरी खेलेको थियो ।

    त्यस्तै नेदरल्यान्ड्स भने समूह ‘डी’ मा तेस्रो हुदै नक आउट चरणमा पुगेको छ । नेदरल्यान्ड्सले ३ खेलमा एक जित, एक बराबरी र एक हार बेहोरेको थियो । 

    नेदरल्याण्डसले पहिलो खेलमा पोल्यान्ड्लाई २–१ गोल अन्तरले पराजित गरेको थियो । त्यस्तै दोस्रो खेलमा फ्रान्ससँग गोलरहित बराबरी खेलेको नेदरल्यान्ड्सले तेस्रो खेलमा अस्ट्रियासँग ३–२ ले पराजित भएको थियो ।

    अहिलेसम्म नेदरल्यान्ड्स र रोमानियाबीच कुल १३ खेल भएका छन् । जसमा नेदरल्यान्ड्सले ९ खेल जितेको छ भने रोमानियाले एक खेल जितेको छ । त्यस्तै ३ खेल बराबरी भएका छन् । 

    रोमानिया छैटौं पटक युरोकप खेल्दै छ । रोमानियाको युरोकपमा उत्कृष्ट प्रदर्शन २००० मा क्वाटरफाइनलसम्म पुगेको थियो । त्यस्तै नेदरल्याण्डसले योसहित ११औँ पटक युरोकप खेल्दै छ भने अहिलेसम्मको नेदरल्यान्ड्सको उत्कृष्ट प्रदर्शन १९८८ मा युरोकपको उपाधि जितेको थियो ।   

    प्रकाशित मिति :आषाढ १८ २०८१ मंगलवार - ०९:१२:३८ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij