Logo

२०८२ भाद्र १९ गते बिहिवार

२०८२ भाद्र १९ गते बिहिवार

‘पुजार सार्की’ ले गर्यो हङकङमा रेकर्ड ब्रेक

‘पुजार सार्की’ ले गर्यो हङकङमा रेकर्ड ब्रेक


  • 3.2K
    Shares

    ‘पुजार सार्की’ ले   गर्यो हङकङमा   रेकर्ड ब्रेक
    images

    काठमाडौं । लामो समयदेखि नेपालीको बसोबास रहँदै आएको हङकङमा चलचित्र ‘पुजार सार्की’ ले रेकर्ड ब्रेक गरेको छ।

    आइतबारको प्रदर्शनको लागि कलाकारहरू आर्यन सिग्देल, पल शाह, परीक्षा लिम्बूसहित त्यहाँ पुगेका लेखक विकास सुवेदीले व्यापारमा नयाँ रेकर्ड राखेको बताए।

    ‘हङकङमा पुजार सार्कीले व्यापारमा नयाँ रेकर्ड कायम गरेको छ। यसअघि यहाँ प्रायस् सामुदायिक हलहरूमा प्रोजेक्टरको प्रयोग गरी चलचित्र प्रदर्शन हुँदै आइरहेका रहेछन्,’ सुवेदी भन्छन्, ‘हाम्रो चलचित्र भने अत्याधुनिक आइम्याक्स सिनेमा हलमा चल्यो। त्यो एउटा रेकर्ड भयो, अर्को रेकर्ड चाहिँ व्यापारिक हो,’ उनले भने।

    सुवेदीले व्यापारिक हिसाबमा पनि ‘पुजार सार्की’ले रेकर्ड कायम गरेको जनाए। यसपटक चलचित्र हेर्नबाट वञ्चित दर्शकलाई अर्को शोको आयोजना गरेर देखाउने उनले बताए। चलचित्र हेर्नको लागि नेपाली समुदाय बस नै रिजर्भ गरेर आएको सुवेदी बताउँछन्।

    PUJAR SARKI.jpeg

     

    हङहोमस्थित वाम्पोआ सिनेमा हलको दुई स्क्रिनमा सात सयभन्दा धेरै दर्शकले चलचित्र हेरेका थिए। चलचित्रका कलाकारसँगै बसेर चलचित्र हेर्न पाउँदा दर्शकले दङ्ग देखिएका थिए। हङकङको लागि बिरेन थापा ९बिरे०ले यो चलचित्र प्रदर्शन अधिकार लिएका छन्।

    नेपालमा छैटौँ हप्तामा चलिरहेको ‘पुजार सार्की’ जेठ १० गतेदेखि प्रदर्शनमा आएको थियो। यो चलचित्रले ब्लकबस्टर व्यापार गरेको चलचित्र निकट स्रोतले जनाएको छ। यद्यपि बक्स अफिस कलेक्सन रिपोर्ट भने सार्वजनिक भएको छैन।

    प्रकाशित मिति :आषाढ १७ २०८१ सोमवार - १०:२४:०१ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij