Logo

२०८२ भाद्र १९ गते बिहिवार

२०८२ भाद्र १९ गते बिहिवार

अभिनेत्री हिना खानलाई तेस्रो स्टेजको स्तन क्यान्सर

अभिनेत्री हिना खानलाई तेस्रो स्टेजको स्तन क्यान्सर


  • 2.4K
    Shares

    अभिनेत्री हिना खानलाई तेस्रो स्टेजको स्तन क्यान्सर
    images

    काठमाडौं । भारतकी चर्चित टिभि अभिनेत्री हिना खानलाई स्तन क्यान्सर भएको छ । अभिनेत्रीले शुक्रबार सामाजिक सञ्जालमा एक पोस्ट सेयर गर्दै यो जानकारी दिएकी हुन् ।

    अभिनेत्रीले लेखेकी छिन्, ‘हालसालै फैलिएको अफवाहबारे म तपाईसँग केही महत्वपूर्ण समाचार साझा गर्न चाहन्छु । म स्तन क्यान्सरको तेस्रो चरणमा छु । हिनाले थप लेखिन्, ‘म मलाई माया गर्ने र हेरचाह गर्ने सबै मानिसहरूसँग केही महत्त्वपूर्ण समाचार साझा गर्न चाहन्छु ।

    मलाई तेस्रो चरणको स्तन क्यान्सर छ । यति हुँदाहुँदै पनि म ठीक छु भनेर सबैलाई भन्न चाहन्छु । म बलियो र दृढ छु र यस रोगलाई जित्न पूर्ण रूपमा प्रतिबद्ध छु । मेरो उपचार सुरु भएको छ र म यसलाई पराजित गर्न हर सम्भव प्रयास गर्न तयार छु ।

    हिना खानले फ्यानसँग गोपनियताको माग गरेकी छिन् । अभिनेत्रीले लेखेकी छन्, ‘यस समयमा म तपाईबाट केही सम्मान र गोपनीयता चाहन्छु । म तपाईंको माया र प्रार्थनाको कदर गर्छु। म मेरो परिवार र नजिकका मानिसहरूसँग सकारात्मक रहनेछु ।

    हिना ये रिस्ता क्या कहलाता है सिरियलबाट घर घरमा चर्चित बनेकी थिइन् । त्यसपछि उनले चर्चित रियालिटी शो बिग बोसबाट निकै चर्चा बटुलेकी थिइन् । बिग बोस पछि उनले केहि फिल्ममा समेत काम गरेकी छन् ।

    प्रकाशित मिति :आषाढ १४ २०८१ शुक्रवार - १५:४०:२५ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij