Logo

२०८२ भाद्र २ गते सोमवार

२०८२ भाद्र २ गते सोमवार

खेलकुद 

टी–२० विश्वकप : आज सेमीफाइनलका दुवै खेल हुँदै, यी देशहरूबीच हुँदैछ महाभिडन्त 

टी–२० विश्वकप : आज सेमीफाइनलका दुवै खेल हुँदै, यी देशहरूबीच हुँदैछ महाभिडन्त 


  • 2.9K
    Shares

    टी–२० विश्वकप : आज सेमीफाइनलका दुवै खेल हुँदै, यी देशहरूबीच हुँदैछ महाभिडन्त 


    काठमाडौं । जारी टी–२० विश्वकपको सेमीफाइनलका दुवै खेल आज (बुधबार) हुँदैछ । सेमीफाइनलमा भारत, अफगानिस्तान, दक्षिण अफ्रिका र इङल्यान्ड्स पुगेका छन् ।
    सुपर आठको समूह ‘एक’बाट भारत र अफगानिस्तान सेमिफाइनलमा पुगेका छन् भने अस्ट्रेलिया र बंगलादेश बाहिरिएका छन् । त्यस्तै समूह ‘दुई’ बाट दक्षिण अफ्रिका र इङल्यान्ड्स सेमीफाइनलमा पुगेका छन् भने वेस्ट इन्डिज र अमेरिका बाहिरिएका छन् । 
    अब सेमीफाइनलका दुवै खेल विहिबार हुने छन् । बिहिबार बिहान पहिलो सेमीफाइनल खेल दक्षिण अफ्रिका र अफगानिस्तानबीच हुने छ । ट्रीनाडस्थित ब्रायन लारा स्टेडियममा हुने पहिलो सेमिफाइनल खेल आज नेपाली समय अनुसार विहान ६ः१५ बजेदेखि सुरु हुनेछ । 
    दक्षिण अफ्रिका सुपर आठमा तीनै खेल जितेर सेमीफाइनलमा पुगेको हो भने अफगानिस्तानले अस्ट्रेलिया र बंगलादेशलाई हराउदै सेमीफाइनलमा पुगेको हो । यस विश्वकपमा दुवै देशको यात्रा रोचक रहेको छ । 
    दक्षिण अफ्रिकाले अहिलेसम्म अपराजित रहेपनि सबै खेलमा संघर्षपूर्ण जित हासिल गर्दै सेमिफाइनलसम्म पुगेको छ भने अर्कोतर्फ अफगानिस्तानले समूह चरणमा न्यूजील्याण्ड र सुपर आठमा अस्ट्रेलियालाई पराजित गरेर सेमीफाइनलमा पुगेको छ ।
    त्यस्तै दक्षिण अफ्रिका १० वर्षपछि विश्वकपको सेमीफाइनलमा पुगेको छ । यस आघ २०१४ को विश्वकपमा दक्षिण अफ्रीका सेमीफाइनलमा पुगेको थियो । त्यसअघि २००९ को विश्वकपमा सेमिफाइनलमा पुगेको थियो । दक्षिण अफ्रीका विश्वकपमा अहिलेसम्म सेमीफाइनलभन्दा अगाडि बढ्न सकेको छैन ।
    त्यस्तै अफगानिस्तान भने इतिहास बनाउदै पहिलोपटक विश्वकपको सेमीफाइनलमा पुगेको छ । दक्षिण अफ्रिका र अफगानिस्तानबीच अहिलेसम्म २ टी–२० खेल भएका छन् । जसमा दुवै खेल दक्षिण अफ्रिकाले जितेको छ ।
    त्यसैगरी दोस्रो सेमीफाइनल खेल भारत र इङल्यान्डबीच हुने भएको छ । गुयनास्थित प्रोभीडेन्स स्टेडियममा हुने यो खेल नेपाली समयअनुसार राति ८ः१५ बजेदेखि सुरु हुनेछ । 
    भारत यस विश्वकपमा अपराजित हुँदै सेमीफाइनलसम्म पुगेको छ भने इङल्यान्ड्सले पनि अहिलेसम्म उत्कृष्ट खेल देखाउँदै सेमीफाइनलमा पुगेको छ । इङल्याण्ड समूह चरणमा अस्ट्रेलियासँग र सुपर आठमा दक्षिण अफ्रिकासँग पराजित भएको थियो । 
    भारतले २००७ को टी–२० विश्वकपको पहिलो संस्करण जितेपछि अहिलेसम्म विश्वकप जित्न सकेको छैन । २०१४ मा उपविजेता बनेको भारत पछिल्लो विश्वकपमा सेमीफाइनलबाट बाहिरिएको थियो । त्यस्तै इङल्यान्ड्सले भने २०१० र २०२२ को विश्वकप जितेको थियो ।  
    भारत र इङल्याण्डबीच अहिलेसम्म २३ टी–२० खेल भएका छन् । जसमा भारतले १२ र इङल्यान्ड्सले ११ खेल जितेका छन् । 

     

    प्रकाशित मिति :आषाढ १३ २०८१ बिहिवार - ०९:५६:५१ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij