Logo

२०८२ भाद्र २ गते सोमवार

२०८२ भाद्र २ गते सोमवार

खेल

टी–२० विश्वकपमा आज भारत र अस्ट्रेलिया भिड्दै 

टी–२० विश्वकपमा आज भारत र अस्ट्रेलिया भिड्दै 


  • 5.4K
    Shares

    टी–२० विश्वकपमा आज भारत र अस्ट्रेलिया  भिड्दै 

    काठमाण्डौ । आईसीसी टी–२० विश्वकप क्रिकेट आज बेलुका सवा ८ बजे  भारत र अस्ट्रेलिया खेल्दैछन् ।  सेन्ट लुसियाको डेरेन सामी मैदानमा शुरु हुन लागेको ईसीसी टी–२० विश्वकप क्रिकेटमा भारत समूह ‘एक’ को शीर्ष स्थानमा छ ।

    यसअघि भारतले अफगानिस्तान र बङ्गलादेशलाई हराइ लगातार दुई खेलमा जित हात पारिसकेको छ ।अस्ट्रेलियाले बङ्गलादेशलाई हराएको थियो भने अफगानिस्तानसँग हारेको थियो ।

    आज भारतलाई जितेमा अस्ट्रेलिया पनि सेमिफाइनलमा पुग्नेछ । तर आज भारतसँग हारेमा भने भोलि बङ्गलादेश र अफगानिस्तानको खेलको नतिजा कुर्नुपर्नेछ । आज अस्ट्रेलिया भारतसँग हारेमा र भोलि अफगानिस्तानले बङ्गलादेशलाई हराएमा अफगानिस्तान नै सेमिफाइनलमा पुग्नेछ । तर भोलि बङ्गलादेशले अफगानिस्तानलाई हराएमा भने अस्ट्रेलिया अन्तिम चारमा प्रवेश गर्नेछ ।

    प्रकाशित मिति :आषाढ १० २०८१ सोमवार - १४:३३:१० बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij