Logo

२०८२ भाद्र २२ गते आइतवार

२०८२ भाद्र २२ गते आइतवार

बेहुली बनिन् समिक्षा अधिकारी

बेहुली बनिन् समिक्षा अधिकारी


  • 4.7K
    Shares

    बेहुली बनिन् समिक्षा अधिकारी
    images

    काठमाडौं । समिक्षा अधिकारी अहिलेकी निकै व्यस्त गायिका हुन् । ‘बोक्सीको घर’ फिल्म को ‘बुझिन मैले….’ बोलको गीत लोकप्रिय भएपछि उनको व्यस्तता ह्वात्तै बढ्यो ।

    त्यसो त ‘बोक्सीको घर’ लाई पनि सफलताको शिखरमा पुर्याउन यो गीतको ठूलो योगदान रहेको कुरालाई बिर्सन मिल्दैन । प्रकाश सपुतको शब्द तथा संगीतको यो गीत समिक्षा अधिकारीले गाउनु नै उनको सांगीतिक करियरको टर्निङ प्वाइन्टको रुपमा रह्यो ।

    यहि गीतका कारण अहिले गायिका अधिकारी देश–विदेशमा सांगीतिक कार्यक्रमहरुमा व्यस्त भएकी हुन् । सांगीतिक व्यस्तताकै बीच समिक्षाले आफ्ना गतिविधिहरु सामाजिक सञ्जालबाट सार्वजनिक गरिरहेकी हुन्छिन् । यसैबीच उनले शुक्रवार एउटा सुन्दर तस्विर शेयर गरेकी छिन्, जसमा उनलाई बेहुलीको भेषभूषामा देख्न सकिन्छ ।

    तस्विरमा समिक्षालाई रातो साडि, घुम्टि, गरगहना र श्रृंगारमा देखिएको छ । यो तस्विर देख्ने हरेकले कतै उनी विवाह गर्न तयार त भएकी होइन् भन्ने अनुमान गरिरहेका छन् । समिक्षाको उक्त तस्विरमा धेरैले घरजम गर्ने सल्लाह दिएका छन् । त्यस्तै धेरैले दुलहीको भेषभूषामा अति नै सुन्दर देखिएको प्रतिक्रिया दिएका छन् ।

    यद्यपि, समिक्षाले उक्त तस्विर कुन प्रोजेक्टका लागि खिचिएको हो भन्ने बारेमा खुलाएकी छैनन् । उनले केवल मेकअप र ड्रेस कसको हो भन्ने कुरा मात्र बताएकी छिन् ।

    प्रकाशित मिति :आषाढ ७ २०८१ शुक्रवार - १६:०३:३० बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij