२०८२ भाद्र २ गते सोमवार
काठमाडौं । जारी आइसीस टी–२० विश्वकपअन्तर्गत आज दुई खेल हुँदैछन् । आज पहिलो खेल अष्ट्रेलिया र बंगलादेशबीच खेल हुँदैछ । एन्टीगास्थितसर भिभीयन रिचाड्र्स स्टेडियममा हुने यो खेल नेपाली समय अनुसार बिहान ६ः१५ बजेदेखि सुरु हुँदैछ ।
जारी विश्वकपमा अष्ट्रेलियाले समूह चरणका चारै खेल जितेर सुपर आठमा पुगेको हो । त्यस्तै बंगलादेशले भने समूह चरणमा तीन खेल जितेर सुपर आठमा पुगेको हो । सेमिफाइनलको दौडका लागि सुपर आठको समूह एकमा रहेका दुवै देशका लागि यो खेल महत्त्वपूर्ण रहेको छ ।
अहिलेसम्म अष्ट्रेलिया र बंगलादेशबीच कुल १० टी–२० अन्तर्राष्ट्रिय खेल भएका छन् । जसमा अष्ट्रेलियाले ६ खेल जितेको छ भने बंगलादेशले ४ खेल जितेको छ ।
त्यस्तै आज दोस्रो खेल सुपर आठको समूह दुईमा रहेका ईङल्यान्ड्स र दक्षिण अफ्रिकाबीच खेल हुँदैछ । सेन्ट लुसियास्थित डारेन सामी स्टेडियममा हुने यो खेल नेपाली समय अनुसार राती ८ः१५ बजेदेखि सुरु हुनेछ ।
यस विश्वकपको सुपर आठको खेलमा इङल्यान्ड्स र दक्षिण अफ्रिकाले आ–आफ्नो पहिलो खेल जितेका छन् । पहिलो खेलमा दक्षिण अफ्रिकाले अमेरिकालाई र इङल्यान्डसले वेस्ट इन्डिजलाई पराजति गरेको छ । यो खेलमा जित हासिल गर्ने देशले सेमिफाइनलमा पुग्ने सम्भावनालाई बलियो बनाउने छ ।
इङल्यान्ड्सड र दक्षिण अफ्रिकाबीच अहिलेसम्म कुल २५ टी–२० खेल भएका छन् । जसमा दुवैले १२–१२ खेल जितेका छन् भने एक खेलको नतिजा आएको छैन ।
© 2025 All right reserved to khabarcnter.com | Site By : Sobij