२०८२ भाद्र २ गते सोमवार
जारी टी–२० विश्वकप अन्तर्गत सुपर आठका आज दुई खेल हुँदैछ । आज सुपर आठको समूह ‘२’ को वेस्ट इन्डिज र इङल्यान्ड्सबीच खेल हुनेछ । सेन्ट लुसियास्थित डारेन सामी स्टेडियममा हुने यो खेल नेपाली समय अनुसार बिहान ६ः१५ बजेदेखि सुरु हुँदैछ ।
वेस्ट इन्डिजले समुह चरणका चारै खेल जितेर सुपर आठमा आएको हो भने ईङल्यान्ड्सले भने ४ खेलमा दुई जित एक हार एक खेल वर्षाले रद्ध भएपछि अंक बाँडेर सुपर आठमा आएको हो । सेमिफाइनलमा पुग्न दुवै देशका लागि यो जित महत्वपूर्ण रहेको छ । सुपर आठको यस समुहमा अमेरिका र दक्षिण अफ्रिका रहेका छन् ।
वेस्ट इन्डिज र ईङल्याण्ड अहिलेसम्म टी–२० खेलमा २९ पटक आमने सामने भएका छन् । जसमा वेस्ट इन्डिजले १७ पटक जितेको छ भने इङल्यान्ड्सले १२ पटक जितेको छ । त्यस्तै घरेलु मैदान भएकाले वेस्ट इन्डिजले त्यसको फाइदा उठाउन सक्ने देखिन्छ ।
त्यस्तै आज दोस्रो खेल सुपर आठको समूह एक अन्तर्गत भारत र अफगानिस्तानबीच हुँदैछ । बारबाडोसस्थित केंसिंगटन ओभल मैदानमा हुने यो खेल नेपाली समय अनुसार राति ८ः१५ बजेदेखि सुरु हुँदैछ ।
भारत समूह चरणमा ४ खेलमा ३ जित र एक खेल वर्षाले रद्ध भएपछि समूह ‘ए’ मा शीर्ष स्थानमा रहँदै सुपर आठमा पुगेको हो । त्यस्तै अफगानिस्तानले समूह चरणमा ४ मध्ये ३ खेलमा जित एक खेलमा हार बेहोरेर समूह ‘सी’ मा दोस्रो हुँदैछ सुपर आठमा पुगेको हो ।
अफगानिस्तानले अहिलेसम्म टी–२० अन्तर्राष्ट्रिय खेलमा भारतलाई हराउन सकेको छैन । अहिलेसम्म अफगानिस्तान र भारतबीच कुल ८ खेल भएका छन् । जसमा ७ खेल भारतले जितेको छ भने एक खेल रद्ध भएको थियो ।
दुवै देशका लागि सेमिफाइनलमा पुग्न यो खेल महत्वपूर्ण रहेको छ । यस समूहमा यी दुई देशका अलावा बंगलादेश र अस्ट्रेलिया रहेका छन् ।
© 2025 All right reserved to khabarcnter.com | Site By : Sobij