२०८२ भाद्र २२ गते आइतवार
काठमाडौं । गायक महेश काफ्ले र गायिका अस्मिता अधिकारीले इन्गेजमेन्ट गरेका छन्। उनीहरूले दुबई पुगेर इन्गेजमेन्ट गरेका हुन्।
महेशले इन्गेजमेन्टका तस्बिर सामाजिक सञ्जालमार्फत साझा गर्दै सहयात्राको सुरूआत गरेको बताएका छन्।
उनीहरू दुवै सांगीतिक क्षेत्रका निकै चर्चित गायक गायिका हुन्। केही गीतमा सहकार्य समेत गरेका उनीहरू केही समयदेखि प्रेम सम्बन्धमा रहेको चर्चा थियो।
इन्गेजमेन्टको खबरसँगै महेश र अस्मितालाई संगीतकर्मीहरूले बधाई दिइरहेका छन्।
© 2025 All right reserved to khabarcnter.com | Site By : Sobij