Logo

२०८२ कार्तिक ९ गते आइतवार

२०८२ कार्तिक ९ गते आइतवार

गायिका मधु क्षेत्रीको दोस्रो बिहे पनि संकटमा, श्रीमानले पिटेपछि रुदै आइन लाइभमा

गायिका मधु क्षेत्रीको दोस्रो बिहे पनि संकटमा, श्रीमानले पिटेपछि रुदै आइन लाइभमा


  • 14.5K
    Shares

    गायिका मधु क्षेत्रीको  दोस्रो बिहे पनि संकटमा, श्रीमानले पिटेपछि रुदै आइन लाइभमा
    images

    काठमाडौं । चर्चित गायिका मधु क्षेत्रीले कुनै बेला गाएकी थिइन्, ‘सोचेझैँ जिन्दगी रैनछ’ । जिन्दगी सोचेझैँ नहुने सन्देशसहित गाइएको यी गीत अहिले उनै मधुको जीवन भोगाइमा मिल्न पुगेको छ ।

    बिरहको यो गीत मधुसँगै मिलेको भन्दै कतिपय फ्यानले सामाजिक सञ्जालमा लेखिरहेका छन् । मधु क्षत्री अहिले तनावमा छिन्, तनावको कारण हो उनको दोस्रो वैवाहिक जीवन पनि सहज भएन ।

    त्यही कुराको पुष्टि उनले मंगलबार मल्टिमिडिया सामाजिक प्लाटफर्म टिकटकमार्फत गरिन् । ६ महिनाअघि मात्रै पहिलो बिहेलाई टुंग्याएर दोस्रो सम्बन्ध अघि बढाउँदै अस्ट्रेलिया पुगेकी उनले त्यहाँ पनि घरेलु हिंसा भोग्न बाध्य भएको खुलासा गरेकी छन् ।

    संगीत क्षेत्रलाई पूर्णविराम दिँदै सुरेश खड्कासँग दोस्रो बिहे गरेर अस्ट्रेलिया पलयान भएकी उनी फेरि तनावमा परेकी हुन् । मधुको दोस्रो सम्बन्ध पनि संकटमा परेको खुलासा उनैबाट भएको छ ।

    उनले पति सुरेश खड्काबाट घरेलु हिंसा भोगिरहेको बताएकी छन् । नेपालको सांगीतिक करिअरलाई बिट मार्दै अस्ट्रेलिया पुगेकी उनले दुई दिनअघि टिकटक लाइभबाट पति सुरेशसँग सम्बन्ध बिग्रिएको र आफूले हिंसा भोगिरहेको बताएकी हुन् ।

    मधुकै अनुसार अहिले उनी गर्भवती छिन् । मधुले मध्यरात लाइभका क्रममा आफूलाई पति सुरेशले कुटपिट र गाली गर्ने गरेको खुलाएकी छन् ।

    ‘उसको दाजुले पनि मेरो पेटको बच्चा उसको भाइको होइन भन्छन् रे १ म देखाउँछु कसको हो रु मलाई पनि उसले ह्यारेसमेन्ट गरेको थियो’, उनले टिकटक लाइभमा भनेकी छन् ।

    मधुले घरका अन्य सदस्यहरूका कारण आफूलाई पति सुरेशले हेला र हिंसा गर्ने गरेको बताएकी छन् । एक वर्षअघि सुरेशसँग बिहे गरेकी उनी ६ महिनापहिले अस्ट्रेलिया गएकी थिइन् ।

    सुरुमा अस्ट्रेलियामा पतिसँगै बस्थिन् तर ४ महिनामै सुरेशले छाडेको उनको भनाइ छ । मधु अस्ट्रेलियामा दोस्रो पति सुरेश तथा उनका छोरा, दाजुभाउजू र उनीहरूकी छोरीसहित बस्थिन् । उनकी १८ वर्षीया छोरी पनि अस्ट्रेलियामै छिन् । आफ्नी छोरी राति ११ बजे घर फर्किँदा पति सुरेशले लिन नगएको गुनासो मधुले टिकटकमा गरेकी छन् ।

    ‘मध्यरातमा केटाहरू हिँड्ने बाटोमा मेरी जवान छोरी एक्लै हिँड्दै घर आउँछिन् । तर ऊ ९सुरेश० लिन जाँदैन । कस्तो माया नलागेको रु दाजुकी छोरी लिन भने जाँदो रहेछन् । मेरी छोरीले देख्ने डरले गाडी पनि पर राख्दोरहेछन ।’

    उनले २०८० असारमा अस्ट्रेलियामा बसोबास गर्ने सुरेशसँग विवाह गरेकी थिइन् । जुन कुराको पुष्टि उनैले गरेकी थिइन् । उनले टिकटकबाट बिहेबारेका केही भिडियो पनि सार्वजनिक गरेकी थिइन् ।

    उनले दोस्रो बिहेपछि टिकटक एकाउन्टको नाम मधु क्षेत्रीबाट मधु सुरेश बनाएकी थिइन् । एक टिकटक भिडियोमा त्यसबेला उनले आफूले भगवान जस्तै श्रीमान् पाएको पनि बताएकी थिइन् । 

    उनै भगवान् जस्ता श्रीमान्ले आफूलाई घरेलु हिंसा गरेको आरोप मधुले एक वर्ष नबित्दै लगाएकी छन् । मधुले पहिलो पतिसँग सम्बन्ध विच्छेद गरेर सुरेशसँग सम्बन्ध बढाएकी थिइन् । पहिलो पतितर्फ मधुकी एकजना १८ वर्षीया छोरी छन् । 

    प्रकाशित मिति :आषाढ ४ २०८१ मंगलवार - १५:१५:५३ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij