Logo

२०८२ भाद्र २२ गते आइतवार

२०८२ भाद्र २२ गते आइतवार

‘बोक्सीको घर’ले रञ्जना हलमा मनायो ५१ दिन

‘बोक्सीको घर’ले रञ्जना हलमा मनायो ५१ दिन


  • 2.7K
    Shares

    ‘बोक्सीको घर’ले रञ्जना हलमा मनायो ५१ दिन
    images

    काठमाडौं । केकी अधिकारीले निर्माण गरेको फिल्म ‘बोक्सीको घर’ले शनिबार प्रदर्शनको ५१ औं दिन मनाएको छ । न्युरोडस्थित रञ्जना सिनेप्लेक्स हलमा फिल्मले प्रदर्शनको उक्त उपलब्धि हासिल गरेको हो । 

    चलचित्र विकास बोर्डको बक्स अफिस डेटाअनुसार फिल्मको कमाइ १० करोडभन्दा माथि छ । बोर्डको बक्स अफिस तथ्यांकअनुसार ‘बोक्सीको घर’ २०८१ सालमा प्रदर्शनमा आएका फिल्ममध्ये सर्वाधिक कमाउने घरेलु फिल्म समेत बनेको छ ।

    अन्य मुख्य मल्टिप्लेक्सबाट फिल्म हट्दा रञ्जना हलमा भने यसले निरन्तरता पाइरहेको छ । अभिनेत्री समेत रहेकी केकीको होम प्रोडक्सनबाट बनेको यो पहिलो फिल्म समेत हो ।

    आफ्नो फिल्म व्यावसायिक रुपमा सफल भएकोमा उनले दर्शकप्रति आभार व्यक्त गरेकी छन् । यतिबेला सुलक्षण भारती निर्देशित फिल्म विदेशमा समेत चलिरहेको छ । केकी आफैं फिल्म लिएर विदेश दौडाहामा छिन् ।

    हालै उनले युरोप र मध्यपूर्वको यूएईमा पनि फिल्मको स्क्रिनिङ गरिन् । अस्ट्रेलिया र अमेरिकामा पनि फिल्म प्रदर्शन भइसकेको छ । उनले विदेशबाट समेत सकारात्मक प्रतिक्रिया आइरहेको बताएकी छन् ।

    प्रकाशित मिति :आषाढ ३ २०८१ सोमवार - १४:५६:५३ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij