Logo

२०८२ भाद्र २ गते सोमवार

२०८२ भाद्र २ गते सोमवार

खेलकुद

टी–२० विश्वकप : आज तीन खेल हुँदै, कुन–कुन देशबीच हुँदैछ प्रतिस्पर्धा ? (देशसहित)

टी–२० विश्वकप : आज तीन खेल हुँदै, कुन–कुन देशबीच हुँदैछ प्रतिस्पर्धा ? (देशसहित)


  • 2.9K
    Shares

    टी–२० विश्वकप : आज तीन खेल हुँदै, कुन–कुन देशबीच हुँदैछ प्रतिस्पर्धा ? (देशसहित)

    जारी टी–२० विश्वकपमा आज तीन खेल हुँदैछन् । 

    पहिलो खेल नेपालले बंगलादेशसँग खेल्दैछ । सेन्ट भिसेन्टस्थित आरनोस भाले स्टेडियममा हुने यो खेल नेपाली समय अनुसार बिहान ५ः१५ बजेदेखि हुँदैछ । 

    नेपाल सुपर आठको दौडबाट भने बाहिरिएको छ । नेपालले पहिलो खेलमा नेदरल्यान्ड्ससँग हार बेहोरेको थियो भने दोस्रो खेल श्रीलंकासँग वर्षाले रद्ध भएको थियो । 

    त्यस्तै तेस्रो खेलमा दक्षिण अफ्रिकासँग एक रनले पराजित भएपछि नेपाल सुपरआठको दौडबाट बाहिरिएको थियो । तर बंगलादेशका लागि भने सुपर आठमा पुग्न यो खेल जित्नै पर्ने अवस्था रहेको छ । बंगलादेशको अहिले २ खेलमा ४ अंक रहेको छ र समूह ‘डी’ मा तेस्रो स्थानमा छ । 

    त्यस्तै दोस्रो खेल सेन्ट लुसियास्थित डारेन सामी स्टेडियममा नेदरल्यान्ड्स र श्रीलंका बीच बिहान ६ः१५ बजेदेखि हुँदैछ । समूह ‘डी’ मा नेदरल्याड्न्स पनि सुपर आठको दौडमा कायम रहेको छ । 

    नेदरल्यान्ड्स र श्रीलंकाबीचको खेल नेदरल्यान्ड्सले जितेमा र बंगलादेश नेपालसँग पराजित भएको अवस्थामा नेदरल्यान्ड्स सुपर आठमा पुग्ने अवस्था छ । यस समूहबाट श्रीलंका पनि सुपर आठको दौडबाट बाहिरिएको छ ।

    त्यस्तै आज तेस्रो खेल समूह ‘सी’ अन्तर्गत न्यूजील्यान्ड्स र पिएनजीबीच हुँदैछ । नेपाली समय अनुसार राति ८ः१५ बजेदेखि हुने यो खेलको नतिजाले कुनै असर भने गर्ने छैन । किनकी समूह ‘सी’ बाट दुवै देश बाहिरीइसकेका छन् । 

    प्रकाशित मिति :आषाढ ३ २०८१ सोमवार - ०९:५१:३० बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij