Logo

२०८२ भाद्र २ गते सोमवार

२०८२ भाद्र २ गते सोमवार

टी-२० विश्वकपमा नेपालले बंगलादेशसँग भोलि खेल्ने

टी-२० विश्वकपमा नेपालले बंगलादेशसँग भोलि खेल्ने


  • 4.2K
    Shares

    टी-२० विश्वकपमा नेपालले बंगलादेशसँग भोलि खेल्ने

    काठमाडौं । नेपालले जारी आसीसी टी–२० विश्वकप अन्तर्गत अन्तिम खेल भोलि बिहान बंगलादेशसँग खेल्दै छ ।

    सेन्ट भिसेन्टस्थित आरनोस भाले स्टेडियममा हुने यो खेल नेपाली समय अनुसार बिहान ५स् १५ बजेदेखि हुदै छ । नेपाल सुपर आठको दौड बाट भने बाहिरिएको छ ।

    नेपालले पहिलो खेलमा नेदरल्याण्डससँग हार बेहोरेको थियो भने दोस्रो खेल श्रीलंकासँग बर्षाले रद्ध भएको थियो । त्यस्तै तेस्रो खेलमा दक्षिण अफ्रिकासँग एक रनले पराजित भएपछि नेपाल सुपरआठको दौडबाट बाहिरिएको थियो ।

    तर बंगलादेशका लागि भने सुपर आठमा पुग्न यो खेल जित्नै पर्ने अवस्था रहेको छ । बंगलादेशको अहिले २ खेलमा ४ अंक रहेको छ र समुह डी मा तेस्रो स्थानमा छ । 

    यस समुहमा नेदरल्याण्डसपनि सुपर आठको दौडमा कायम रहेको छ ।  त्यस्तै भोलि बिहान हुने नेदरल्याण्डस र श्रीलंकाबीचको खेल नेदरल्याण्डसले जितेमा र बंगलादेश नेपालसँग पराजित भएको अवस्थामा नेदरल्याण्डस सुपर आठमा पुग्ने अवस्था छ ।

    यस समुहबाट श्रीलंका पनि सुपर आठको दौडबाट बाहिरिएको छ ।

    प्रकाशित मिति :आषाढ २ २०८१ आइतवार - १०:५७:३९ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij