२०८२ भाद्र २ गते सोमवार
काठमाडौं । जारी आइसीसी टी–२० विश्वकपअन्तर्गत आज दुई खेल हुँदैछ । आज समूह ‘बी’ अन्तर्गत अस्ट्रेलिया र स्कटल्यान्ड्सबीच खेल हुँदैछ ।
सेन्ट लुसियास्थित डारेन समी नेशनल स्टेडियममा हुने यो खेल नेपाली समय अनुसार बिहान ६ः१५ बजेदेखि सुरु हुनेछ ।
जारी विश्वकपमा अस्ट्रेलिया लगातार तीन खेलमा जित हाँसिल गर्दै सुपर आठमा पुगिसकेको छ । त्यस्तै यस खेलको नतिजाले सुपर आठमा समूह ‘बी’ बाट पुग्ने दोस्रो देशको टुंगो लाग्ने छ । यो खेल स्कटल्यान्ड्सले जितेका स्कटल्यान्ड्स सुपर आठमा पुग्ने छ । त्यस्तै अस्ट्रेलियाले जितेमा भने इङल्यान्ड्सको सम्भावना बन्ने छ ।
स्कटल्यान्ड्सको ३ खेलमा २ खेल र एक खेल बर्षाले रद्ध हुँदा ५ अंक रहेको छ र अहिले दोस्रो स्थानमा रहेको छ ।
अस्ट्रेलिया र स्कटल्यान्ड्सबीच अहिलेसम्म टी–२० अन्तर्राष्ट्रिय खेल भएको छैन र दुवै देशबीच यो पहिलो पटक खेल हुँदैछ ।
त्यस्तै आज दोस्रो खेल समूह ‘ए’ अन्तर्गत पाकिस्तान र आयरल्यान्ड्सबीच हुँदैछ । दुवै देश सुपर आठको दौडबाट बाहिरिएकाले यस खेलको नतिजाले कुनै अर्थ भने राख्दैन ।
समूह ‘ए’ बाट भारत र अमेरिका सुपर आठमा पुगिसकेका छन् । पाकिस्तानले अहिलेसम्म ३ खेलमा एक जित र २ हार बेहोरेको छ भने आयरल्यान्ड्सले ३ खेलमा २ हार बेहोरेको छ भने एक खेल वर्षाले रद्ध भएको छ ।
© 2025 All right reserved to khabarcnter.com | Site By : Sobij