२०८२ भाद्र २२ गते आइतवार
हङकङको न्यु टाउन प्लाजास्थित मुभी टाउनमा सर्प भेटिएपछि सिनेमा हलका कर्मचारी र दर्शकमा त्रासको स्थिति पैदा हुनपुग्यो। यतिसम्मकी सिनमा हल अस्थायी रूपमा बन्द नै गरियो।
एमसीएल सिनेमाजले बिहीबार बिहान सामाजिक सञ्जालमा सन्देश पोस्ट गर्दै मुभी टाउनको तेस्रो तलामा रहेको एमएक्सफोरडी थिएटरमा सर्प फेला परेकोले अर्को सूचना जारी नभएसम्मका लागि बन्द गरिएको सूचना जारी गर्यो।
स्रोतलाई उद्धृत गर्दै द स्ट्यान्डर्डले जनाएअनुसार तेस्रो तल्लामा सर्प देखिएपछि सिनेमा हलका कर्मचारीले दर्शकहरूलाई तुरुन्तै बाहिर निकाली प्रहरीलाई खबर गरेका थिए। यता, हिजो (बुधबार) एक युवकले आफ्नो सर्प हराएको भनेर प्रहरीलाई खबर गरेका थिए।
प्रहरीको समन्वयमा ती युवक दिउँसो थिएटरको सम्पर्कमा आएपछि भने अस्थायी रूपमा बन्द गरिएको थिएटर पुनः सञ्चालनमा आएको थियो। दिउँसो करिब १ बजे सिनेमा हलको सामाजिक सञ्जालमा थिएटर सामान्य सेवामा फर्किएको अर्को पोस्ट गरियो।
© 2025 All right reserved to khabarcnter.com | Site By : Sobij