Logo

२०८२ भाद्र २२ गते आइतवार

२०८२ भाद्र २२ गते आइतवार

बिहे गर्दै बलिउड अभिनेत्री सोनाक्षी सिन्हा

बिहे गर्दै बलिउड अभिनेत्री सोनाक्षी सिन्हा


  • 2.9K
    Shares

    बिहे गर्दै बलिउड अभिनेत्री सोनाक्षी सिन्हा
    images

    काठमाडौं । बलिउड अभिनेत्री सोनाक्षी सिन्हा विवाहको तयारीमा छिन्। उनले ३७ वर्षको उमेरमा प्रेमी जहीर इकबालसँग विवाह गर्न लागेकी हुन्। 

    लामो समयदेखि सोनाक्षी र जहीर प्रेम सम्बन्धमा रहेको चर्चा थियो। भारतीय सञ्चार माध्यम इन्डिया टुडेका अनुसार उनीहरूले २३ जुनमा विवाह गर्न लागेका हुन्। 

    उनीहरूको विवाह मुम्बईमा हुने बताइएको छ। तर सोनाक्षी र जहीरले आधिकारिक रूपमा विवाहको घोषणा गरेका छैनन्। 

    सोनाक्षीका प्रेमी जाहिर व्यापारी हुन्। जाहिरले सन् २०१९ मा फिल्म 'नोटबुक' बाट अभिनयमा पनि डेब्यू गरेका थिए। सोनाक्षी र जहीरले फिल्म 'डबल एक्सएल' मा  एकसाथ काम गरेका थिए।

    प्रकाशित मिति :जेठ २८ २०८१ सोमवार - १२:११:५८ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij