Logo

२०८२ भाद्र २२ गते आइतवार

२०८२ भाद्र २२ गते आइतवार

विवाह गर्दै अभिनेत्री सोनाक्षी

विवाह गर्दै अभिनेत्री सोनाक्षी


  • 2.6K
    Shares

    विवाह गर्दै अभिनेत्री सोनाक्षी
    images

    मुम्बई । बलिउड अभिनेत्री सोनाक्षी सिन्हाले प्रेमी जाहिर इक्बालसँग यही जुन २३ मा मुम्बईमा विवाह गर्ने भएकी छन् । उनीहरूले सार्वजनिक रूपमा एकअर्काको प्रेम नस्विकारे पनि उनीहरूले जुन २३ मा विवाह गर्ने निर्णय लिएका हुन् ।

    अहिले चर्चामा रहेको सिरिज ‘हीरामण्डीः द डायमण्ड बाजार’ की अभिनेत्री सोनाक्षीले आफ्नो निकट साथीभाइ तथा परिवार र आफन्तलाई विवाहमा आउनका लागि निम्तो दिइसकेकी छन् । उनीहरूको विवाह मुम्बईको बास्टियनमा हुनेछ ।

    सोनाक्षी र जाहिर दुई वर्षदेखि प्रेममा छन् । हालैमात्र सोनाक्षीको जन्मदिनमा जाहिरले सामाजिक सञ्जालमा सोनाक्षी र आफ्नो तस्बिर राख्दै जन्मदिनको शुभकामना दिएका थिए ।

    प्रकाशित मिति :जेठ २८ २०८१ सोमवार - ०९:०६:४४ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij