Logo

२०८२ भाद्र १ गते आइतवार

२०८२ भाद्र १ गते आइतवार

ग्लोबल आईएमई बैंकले सञ्चालनमा ल्यायो ‘डिजिटल युनिभर्स’

ग्लोबल आईएमई बैंकले सञ्चालनमा ल्यायो ‘डिजिटल युनिभर्स’


  • 2.6K
    Shares

    ग्लोबल आईएमई बैंकले सञ्चालनमा ल्यायो ‘डिजिटल युनिभर्स’

    ग्लोबल आईएमई बैंक लिमिटेडले विभिन्न स्वचालित डिजिटल बैंकिङ सेवाहरु प्रदान गर्नेगरी छुट्टै लाउन्ज ‘डिजिटल युनिभर्स’ सञ्चालनमा ल्याएको छ।

    आइतवार काठमाडौंमा बैंकको केन्द्रीय कार्यालय कमलादीमा ग्लोबल आईएमई बैंकका अध्यक्ष चन्द्रप्रसाद ढकालले डिजिटल युनिभर्सको उद्घाटन गरेका हुन्। डिजिटल युनिभर्समा चेक जम्मा गर्ने, नगद जम्मा गर्ने र एटीएम मेसिन जस्ता अत्याधुनिक मेसिनहरु समेत रहेका छन्। यो नेपालमा नै पहिलो पटक ग्लोबल आइएमई बैंकले शुरुवात गरेको हो।

    ग्लोबल आइएमई बैंकका ट्रान्जेक्सन बैंकिङ प्रमुख प्रकाश पौडेलले डिजिटल युनिभर्स नेपालको बैंकिङ उद्योगमा नौलो शुरुवात भएको बताए। उनले डिजिटल युनिभर्सलाई नेपालमा डिजिटल बैंकिङको प्लेटफर्मको रुपमा विकास गर्न खोजेको बताए। उनले डिजिटल युनिभर्समा बैंकका सबै डिडिटल कारोबारलाई डिजिटल लाउन्जको रुपमा शुरुवात गरिएको बताए।

    Digital Universe 1.jpeg

    उनले डिजिटल युनिभर्समा एटिएस,क्यास निक्षेप र चेक डिपोजिट मेसिनलाई प्रयोगमा ल्याएको बताए। बैंकले डिजिटल युनिभर्सको सञ्चालनले डिजिटल बैंकिङलाई प्रवद्र्धन गर्दै आम जनतालाई डिजिटल कारोबार गर्न प्रोत्साहन गर्नुका साथै ग्राहकहरुलाई सरल र सहज बैंकिङ सेवा प्रदान गर्न सहयोग पुग्ने अपेक्षा गरेको छ।

    ग्लोबल आइएमई बैंकको आफ्ना ग्राहकहरुलाई छिटो र सरल बैंकिङ सेवा प्रदान गर्ने निरन्तर प्रयासहरुको एक हिस्सा मानिएको छ। डिजिटल युनिभर्सको उद्देश्य अहिले विश्वव्यापीरुपमा भइरहेको डिजिटल बैंकिङतर्फको यात्राको शुरुवात भएको उनको भनाई छ।

    आजको युगमा डिजिटल बैंकिङको महत्व बढ्दै गएको छ। डिजिटल बैंकिङले ग्राहकहरुलाई आफ्नो अनुकुल समयमा सुरक्षित र सहज बैंकिङ सेवा उपलब्ध गराउँछ। ग्लोबल आइएमई बैंकको डिजिटल युनिभर्सले यस डिजिटल रुपान्तरणमा महत्वपूर्ण भूमिका खेल्नेछ।

    प्रकाशित मिति :जेठ २७ २०८१ आइतवार - १६:२७:०३ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij