Logo

२०८२ भाद्र २२ गते आइतवार

२०८२ भाद्र २२ गते आइतवार

ईश्वरी बरालको गीत ‘माया छ कि छैन’ सार्वजनिक (भिडिओसहित)

ईश्वरी बरालको गीत ‘माया छ कि छैन’ सार्वजनिक (भिडिओसहित)


  • 2.5K
    Shares

    ईश्वरी बरालको गीत   ‘माया छ कि छैन’ सार्वजनिक (भिडिओसहित)
    images

    काठमाडौं । गायिका ईश्वरी बरालको नयाँ गीत ‘माया छ कि छैन’ सार्वजनिक भएको छ । गीतको भिडियोमा चर्चित कलाकार आर्यन सिग्देल, सुजल बम र मोनिका बोहराको अभिनय रहेको छ ।

    भिडियोमा गायिका बरालको पनि नृत्य र अभिनय छ । गीत श्री ईश्वरी प्रडक्सन युटुव च्यानलबाट सार्वजनिक गरिएको छ । त्यस्तै, म्युजिक भिडियोको छायाङ्कन ललितपुर हरिसिद्धिस्थित इट्टा तथा टायल कारखाना र थापाथलिस्थित चियावालाकोमा गरिएको छ ।

    भिडियोका निर्देशक मुस्कान ढकाल हुन् भने छायाङ्कन नवराज उप्रेतीको छ । त्यसैगरी कोरियोग्राफी शिशिर खातीले गरेका छन् ।

    शब्द, सङ्गीत र एरेन्ज विपिन आचार्यको रहेको गीत कपुरधारास्थित एम बी म्युजिक रेकर्डिङ स्टुडियोमा रेकर्ड गरिएको छ । गायिका बरालका यसअघिका चर्चित गीतहरूमा नरिसाउन होइ, खानदानी छोरी लगायत छन् ।

    भिडियोमा हेर्नुहोस्

    प्रकाशित मिति :जेठ २५ २०८१ शुक्रवार - १५:३०:४६ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij