Logo

२०८२ भाद्र २ गते सोमवार

२०८२ भाद्र २ गते सोमवार

विश्वकप छनोट : नेपाल युएईसँग ४-० ले पराजित

विश्वकप छनोट : नेपाल युएईसँग ४-० ले पराजित


  • 2.7K
    Shares

    विश्वकप छनोट : नेपाल युएईसँग ४-० ले पराजित

    काठमाडौं । फिफा विश्वकप २०२६ दोस्रो चरण छनोटअन्तर्गत संयुक्त अरब इमिरेट्स (यूएई) विरुद्धको दोस्रो लेगमा पनि नेपाली राष्ट्रिय फुटबल टोली पराजित भएको छ। 

    घरेलु मैदान खेल्न लायक नभएपछि न्युट्रल भेन्युको रुपमा साउदी अरेबियाको दम्मानस्थित प्रिन्स मोहम्मद विन फहद स्टेडियमा भएको खेलमा युएईले दुवै हाफमा २-२ गोल गर्‍यो ।

    नेपालले समूह्य एचमा लगातार पाँच हार बेहोरेको हो । अहिलेसम्म नेपालले एक गोल पनि गर्न सकेको छैन । यसअघि युएई विरुद्ध अवे मैदानमा पनि नेपाल ४-० ले नै पराजित भएको थियो ।

    युएईका हरिब अबदल्ला सुहेल अल माज्मीले दुई मिनेटमा दुई गोल गर्दै सुरुमै युएईलाई २-० को अग्रता दिलाएका थिए । उनले खेलको १२औं मिनेटमा अबदुल्लाह इद्रिसको क्रसमा हेड मार्फत पहिलो गोल गरेका थिए ।

    प्रकाशित मिति :जेठ २५ २०८१ शुक्रवार - ०५:३०:४३ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij