Logo

२०८२ भाद्र १ गते आइतवार

२०८२ भाद्र १ गते आइतवार

सिन्धु विकास बैंकको संस्थापक शेयर बिक्रीमा 

सिन्धु विकास बैंकको संस्थापक शेयर बिक्रीमा 


  • 2.1K
    Shares

    सिन्धु विकास बैंकको संस्थापक शेयर बिक्रीमा 

    काठमाडौँ । सिन्धु विकास बैंकले संस्थापक शेयर बिक्री गर्ने भएको छ । बैंकले आफ्ना संस्थापक शेयरधनीहरूको नाममा रहेको संस्थापक शेयर विक्री गर्न लागेको हो । 

    बैंकका केही संस्थापक शेयरधनीहरुले शेयर विक्री गर्न ईच्छा राखी निवेदन दिए अनुसार बैंक संचालक समितिको निर्णय अनुरुप शेयर विक्री प्रक्रिया अगाडी बढाउने निर्णय भएको हो ।

    उक्त शेयरमा बैंकका हाल कायम विद्यमान संस्थापक शेयरधनीहरूले मात्रै खरिदका लागि आवेदन दिन पाउनेछन् । 

    शेयर खरिद गर्न इच्छुक शेयरधनीले सूचना प्रकाशित भएको मितिले ३५ दिनभित्र बैंकको कर्पोरेट कार्यालय काभ्रेपलाञ्चोकको बनेपामा आफूले खरिद गर्न चाहेको शेयर विवरण खुलाई निवेदन दिनुपर्नेछ ।

    बैंकले तोकिएको यस समयभित्र संस्थापक शेयरधनीहरूबाट कुनै पनि आवेदन नपरेमा सो शेयर अन्य व्यक्ति वा संस्थालाई बिक्री गरिने बैंकले यसै सूचना मार्फत जानकारी गराएको छ ।

    प्रकाशित मिति :जेठ २३ २०८१ बुधवार - ०८:०१:०४ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij