Logo

२०८२ भाद्र २ गते सोमवार

२०८२ भाद्र २ गते सोमवार

टी- २० विश्वकप क्रिकेटः क्यानडामाथि अमेरिकाको शानदार जित

टी- २० विश्वकप क्रिकेटः क्यानडामाथि अमेरिकाको शानदार जित


  • 2.5K
    Shares

    टी- २० विश्वकप क्रिकेटः  क्यानडामाथि अमेरिकाको शानदार जित

    काठमाडौं । अमेरिका र वेष्टइण्डिजमा सुरु भएको टी-२० विश्वकप क्रिकेटको पहिलो खेलमा घरेलु टोली अमेरिकाले क्यानडालाई ७ विकेटले पराजित गरेको छ ।

    क्यानडाले दिएको १ सय ९५ रनको लक्ष्य अमेरिकाले ३ विकेटको क्षतिमा १४ बलअगावै भेट्टायो। अमेरिकाका लागि आराने जोन्स ९४ र केरि एन्डरसन ३ रनमा नटआउट रहे। जोन्सले ४० बलमा ४ चौका र १० छक्का प्रहार गरे।

    एड्रिस जोसले ६५ रनको योगदान दिए। उनले ४६ बलमा ७ चौका र ३ छक्का प्रहार गरे। ओपनर स्टेभन टेलर शून्य रनमै करिम सानाको बलमा एलबीडब्ल्यू धरापमा परे। अर्का ओपनर तथा कप्तान मोनांक पटेल १६ रनमा क्याच आउट भए।

    क्यानडाका लागि करिम साना, डिलोन हेलिंगर र निखिल दत्ताले समान १/१ विकेट लिए। त्यसअघि अमेरिकाको डलास्थित ग्रान्ड प्रेरी स्टेडियममा अमेरिकाले टस जितेर फिल्डिङ रोजेपछि ब्याटिङ गरेको क्यानडाले निर्धारित २० ओभरमा ५ विकेटको क्षतिमा १ सय ९४ रनको योगफल तयार पारेको थियो।

    क्यानडाका लागि नवनित डालिवालले ६१ रनमा क्याच आउट भए। उनले ४४ बलमा ६ चौका र ३ छक्का हाने। निकोलस किर्तनले ३१ बलमा ३ चौका र २ छक्का सहयोगमा ५१ रन बनाए।

    ओपनर आरोन जोनसनले २३ र श्रेयास मोभ्याले ३२ रन बनाए। दिलप्रित बज्वा ११ रन बनाउँदा रन आउट भए। श्रेयास मोभ्या ३२ र डिलोन हेलिंगर १ रनमा नटआउट रहे। अलि खान, हरमित सिंह र केरि एन्डरसनले समान १/१ विकेट लिए।

    विश्वकपअन्तर्गत आजै हुने दोस्रो खेलमा आयोजक वेस्ट इन्डिज र पपुवा न्यु गिनी भिड्दै छन्। खेल नेपाली समयानुसार राति सवा ८ बजे सुरु हुनेछ।

    प्रकाशित मिति :जेठ २० २०८१ आइतवार - ११:३५:१२ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij