Logo

२०८२ भाद्र ३ गते मंगलवार

२०८२ भाद्र ३ गते मंगलवार

अगाडि बढ्यो सन्दीप लामिछानेको भिसा प्रक्रिया, आजै अन्तर्वार्ता

अगाडि बढ्यो सन्दीप लामिछानेको भिसा प्रक्रिया, आजै अन्तर्वार्ता


  • 4.0K
    Shares

    अगाडि बढ्यो सन्दीप लामिछानेको भिसा प्रक्रिया, आजै अन्तर्वार्ता

    काठमाडौं । क्रिकेटर सन्दीप लामिछानेले अमेरिका जाने भिसा पाउने प्रक्रिया अघि बढेको छ।  त्यसका लागि नेपालस्थित अमेरिकी राजदूतावासले आज अपराह्न ४ बजे सन्दीपसँग अन्तर्वार्ता लिने भएको छ। 

    विश्वकप खेल्न अमेरिका पठाउन सन्दीपलाई भिसा दिन भनी सरकारले पनि नोट लेखिसकेको छ। भिसा मिलेको खण्डमा सन्दीप आजै राति अमेरिका उड्ने छन्। 

    बलात्कार मुद्दामा उच्च अदालत पाटनले सफाइ दिएपछि नेपाल क्रिकेट संघ क्यानले सन्दीपलाई पनि विश्वकपमा सामेल गराउने प्रक्रिया अघि बढाएको थियो। 

    तर अमेरिकी दूतावासले भिसा दिन नमान्दा उनी जान पाइरहेका थिएनन्। उनलाई भिसा दिन माग गर्दै हिजो मात्र माइतीघरमा समर्थकहरूले प्रदर्शन गरेका थिए। 

    प्रकाशित मिति :जेठ १७ २०८१ बिहिवार - ११:०८:५५ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij