Logo

२०८२ कार्तिक ११ गते मंगलवार

२०८२ कार्तिक ११ गते मंगलवार

दीपकराजले सार्वजनिक गरे ‘छक्कापञ्जा ५' को फस्टलुक पोस्टर, फिल्म दसैंमा प्रदर्शन हुने

दीपकराजले सार्वजनिक गरे ‘छक्कापञ्जा ५' को फस्टलुक पोस्टर, फिल्म दसैंमा प्रदर्शन हुने


  • 2.5K
    Shares

    दीपकराजले सार्वजनिक गरे ‘छक्कापञ्जा ५'  को फस्टलुक पोस्टर, फिल्म दसैंमा प्रदर्शन हुने
    images

    काठमाडौं । दीपकराज गिरी र दीपाश्री निरौलाको फिल्म छक्कापञ्जा ५ को फर्स्टलुक पोस्टर सार्वजनिक गरिएको छ।

    बिहीबार (आज) देखि छायांकनमा जान लागेको फिल्मको पोस्टर सार्वजनिक गर्दै शीर्ष कलाकार र प्रदर्शन मितिबारे जानकारी दिइएको छ। 

    पोस्टरमा दीपकराज र केदार घिमिरे ुमाग्ने बुढाु सहित अभिनेत्री वर्षा शिवाकोटी प्रस्तुत छिन्।  वर्षा फिल्ममा शीर्ष अभिनेत्रीका रूपमा अनुबन्धित भएको कुरा यही पोस्टरमार्फत जानकारी दिइएको हो। 

    यो फिल्म दसैंको अवसर पारेर असोज २४ गते फूलपातिमा रिलिज हुनेछ। अन्य कलाकारबारे केही खुलाइएको छैन आमा सरस्वती मुभिज र आइएमआईको प्रस्तुतिमा बन्न लागेको फिल्मलाई दीपाश्री निरौलाले निर्देशन गर्नेछिन्।

    उनले यसअघि ‘छक्का पञ्जा’ का तीनवटा शृंखलालाई निर्देशन गरेकी थिइन्। चौथो शृंखलालाई भने हेमराज बिसीले निर्देशन गरेका थिए। 'छक्का पञ्जा' का सबै शृंखलाले बक्स अफिसमा सुपरहिट व्यापार गरेका छन्।

    प्रकाशित मिति :जेठ १७ २०८१ बिहिवार - ०९:४७:२२ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij