२०८२ भाद्र २२ गते आइतवार
काठमाडौं । चौथो म्हेन्दोमाया म्युजिक अवार्ड २०८१ को शीर्ष छ नोमिनेशन कार्यक्रम सम्पन्न भएको छ । उक्त कार्यक्रम तामाङ कला स्रष्टा र सर्जकको सम्मान एवम् प्रोत्साहनको लागि आयोजना गरिएको हो ।
बल्र्हुम्हेन्दो डिजिटल कम्पनीको आयोजनामा सम्पन्न भएको उक्त कार्यक्रम पूर्व संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री परशुराम तामाङको प्रमुख आतिथ्यमा सम्पन्न भएको हो ।
कम्पनीका व्यवस्थापक एम.बी. गुरुङको सभापतित्वमा सम्पन्न कार्यक्रममा मर्मिन तामाङ, सिरुङ मनाङथिङ, निलम गुरुङ, सिताराम राणा विशिष्ट अतिथीको रूपमा उपस्थित हुनुहुन्थ्यो ।
पुराना र नयाँ कलाकार छुट्याई गरिएको नोमिनेशनमा निर्णायकको जिम्मेवारी वहन पहिलो म्हेन्दोमाया गायक लेक योञ्जन, संगीत संयोजक राजु खड्का, गीतकार तथा निर्देशक मीनसागर लामाले गर्नुभएको थियो । उक्त कार्यक्रममा नयाँ र पुराना कलाकार गरि २० विधामा नोमिनेसन गरिएको थियो
© 2025 All right reserved to khabarcnter.com | Site By : Sobij