Logo

२०८२ भाद्र २२ गते आइतवार

२०८२ भाद्र २२ गते आइतवार

मदन ढकाल र तिर्थ खत्रीसँग लक्ष्मीको 'ख्याल ठट्टा' गीत सार्वजनिक

मदन ढकाल र तिर्थ खत्रीसँग लक्ष्मीको 'ख्याल ठट्टा' गीत सार्वजनिक


  • 7.3K
    Shares

    मदन ढकाल र तिर्थ खत्रीसँग लक्ष्मीको 'ख्याल ठट्टा' गीत सार्वजनिक
    images

    काठमाडौँ । सामाजिक सन्जालमा रुचाएकी नव गायिका लक्ष्मी नेपालीको स्वरमा नयाँ गीत सार्वजनिक गरिएको छ । 'ख्याल ठट्टा' बोलको गीतमा लक्ष्मीसँगै गायक तथा सर्जकद्धय मदन ढकाल र तिर्थ खत्रीको स्वर रहेको छ । गीतमा शब्द मदनले लेखेका छन् भने संगीत तिर्थले भरेका छन् । 

    गीतमा संगीत संयोजन कृष्ण केसीले गरेका छन् । गीतको भिडिओमा सुनौलो दोहोरी साँझका कलाकारसँग शिवु पाण्डेयले अभिनय गरेका छन् । बिरेन्द्र भट्टको छायांकन रहेको भिडिओलाई मदन खड्काले निर्देशन गरेका हुन् । सम्पादन रोशन धितालले गरेका छन् । 

    गायक तथा गीतकार मदनले लक्ष्मीको स्वरमा मिठास भएकाले उनलाई लिएको जानकारी दिए । ‘अग्रजहरु त ब्यस्त हुनुहुन्छ नै, नवप्रतिभालाई पनि स्थान दिनुपर्छ गायक तथा सर्जक मदन ढकालले भने । ‘सबै दर्शक तथा स्रोताले माया गर्नुहुनेछ भन्ने अपेक्षा राखेका छौं ।’ यस्तै अर्का गायक तथा संगीतकार तिर्थ भन्छन्, ‘लक्ष्मी बहिनीको स्वरमा मिठास छ । उहाँलाई माया गर्नेहरुले गीत हेरेर र सुनेर प्रतिक्रिया दिनुहुन अनुरोध गर्छ ।’ गीतको भिडिओ टि.एम. म्युजीक प्रोडक्सन युट्युव च्यानलमा अपलोड गरिएको छ । 

    प्रकाशित मिति :जेठ ५ २०८१ शनिवार - २०:१३:१७ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij