Logo

२०८२ भाद्र २२ गते आइतवार

२०८२ भाद्र २२ गते आइतवार

को हो ‘छक्का पञ्जा ५’ को नायिका ?

को हो ‘छक्का पञ्जा ५’ को नायिका ?


  • 2.8K
    Shares

    को हो ‘छक्का पञ्जा ५’ को नायिका ?
    images

    काठमाडौँ । दीपकराज गिरी र दीपाश्री निरौलाको समूहले बनाउन लागेको नयाँ फिल्म हो ‘छक्का पञ्जा ५’ । फिल्मको लेखनका लागि केही समय पोखरा रहेका दीपक लेखन सकाएर हालै काठमाडौँ फर्किसकेका छन् ।

    फिल्मको छायाङ्कन जेठको १५ गतेबाट सुरु गर्ने तयारीमा निर्माण युनिट जुटेको छ । फिल्म दीपाश्री निरौलाले नै निर्देशन गर्न लागेकी हुन् । फिल्मका लागि अहिले कलाकार छनौट भइरहेको छ । फिल्ममा दीपकराज गिरी, केदार घिमिरे लगायतका केही कलाकार पुरानै रहनेछन् । अन्य कलाकारहरूसँग कुराकानी भइरहेको निर्माता, लेखक तथा कलाकार दीपकराज गिरीको भनाई छ ।

    फिल्ममा एक जना मात्र नायिका रहनेछन् । फिल्मको लागि अहिलेसम्म नायिका भने फाइनल भएको छैन । ‘छक्का पञ्जा’को यस अगाडिको प्रत्येक सिक्वेलमा फरक फरक नायिकाले काम गरेका छन् । यो सिक्वेलमा पनि नयाँ नायिका हुन सक्ने अनुमान गर्न सकिन्छ । को हुने भने अहिलेसम्म फाइनल भएको छैन । केही दिनमै नायिकासँगै अन्य कलाकारको लाइन अप पुरा गर्ने तयारीमा निर्माण टिम जुटेको छ ।

    प्रकाशित मिति :जेठ ३ २०८१ बिहिवार - २०:५५:१३ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij