Logo

२०८२ कार्तिक २२ गते शनिवार

२०८२ कार्तिक २२ गते शनिवार

राजनीति

सभामुखसँग कांग्रेसले भन्यो– नीति तथा कार्यक्रम प्रस्तुत गरेलगत्तै बैठक अवरुद्ध हुन्छ

सभामुखसँग कांग्रेसले भन्यो– नीति तथा कार्यक्रम प्रस्तुत गरेलगत्तै बैठक अवरुद्ध हुन्छ


  • 2.9K
    Shares

    सभामुखसँग कांग्रेसले भन्यो– नीति तथा कार्यक्रम प्रस्तुत गरेलगत्तै बैठक अवरुद्ध हुन्छ
    images

    काठमाडौं । संसद्मा राष्ट्रपति रामचन्द्र पौडेलले आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम प्रस्तुत गरेलगत्तै प्रतिपक्षी नेपाली कांग्रेसले बैठक अवरुद्ध गर्ने भएको छ । 

    आज (मंगलबार) दिउँसो सभामुख देवराज घिमिरेसँग दलका प्रमुख सचेतक र सचेतकसँग भएको छलफलका क्रममा कांग्रेसले सो कुरा राखेको हो । 

    आजै साँझ ६ बजेका लागि सभामुख घिमिरेले प्रतिनिधिसभाको बैठक बोलाएका छन् । त्यसअघि ३ बजे संघीय सदनको संयुक्त बैठक बस्दैछ ।

    कांग्रेसले मंगलबार नै संसदीय दलको बैठक बोलाएर नीति तथा कार्यक्रम प्रस्तुत हुँदा अवरोध नगर्ने बताएको छ ।

    प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले निरन्तर बैठक अवरुद्ध गर्दै आएको छ । सहकारी प्रकरणमा उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेसमेतको संलग्नता रहेको भन्दै कांग्रेसले संसदीय छानबिन समिति बनाउनुपर्ने माग गर्दै आएको छ । 

    प्रकाशित मिति :जेठ १ २०८१ मंगलवार - १३:१९:१४ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij