२०८२ कार्तिक २२ गते शनिवार
काठमाडौं । वर्तमान गृहमन्त्री रवि लामिछानेका पूर्वसहकर्मी जीबी राईको राहदानी रद्द गर्न प्रहरीले पत्राचार गरेको छ ।
सुर्यदर्शन सहकारीको संस्थापक अध्यक्ष राईको राहदानी रद्द गर्न जिल्ला प्रहरी कार्यालय कास्कीले राहदानी विभागलाई पत्राचार गरेको हो ।
जीबी राईको नाममा जारी राहदानी रद्द गर्न पत्राचार गरिएको जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ ।
उनीविरुद्ध अन्तर्राष्ट्रिय प्रहरी संगठन ‘इन्टरपोल’बाट डिफ्युजन र रेड नोटिश जारी भएको छ । १३ माघमा उनीविरुद्ध डिफ्युजन नोटिश जारी भएको थियो ।
© 2025 All right reserved to khabarcnter.com | Site By : Sobij