Logo

२०८२ कार्तिक २२ गते शनिवार

२०८२ कार्तिक २२ गते शनिवार

समाचार

कांग्रेसले बहुचर्चित गिरीबन्धु टी–इस्टेट मुद्दा संसद्‌मा उठाउने, एमाले अध्यक्ष ओलीलाई फास्टो

कांग्रेसले बहुचर्चित गिरीबन्धु टी–इस्टेट मुद्दा संसद्‌मा उठाउने, एमाले अध्यक्ष ओलीलाई फास्टो


  • 5.0K
    Shares

    कांग्रेसले बहुचर्चित गिरीबन्धु टी–इस्टेट मुद्दा संसद्‌मा उठाउने, एमाले अध्यक्ष ओलीलाई फास्टो
    images

    काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले बहुचर्चित गिरीबन्धु टी–इस्टेट मुद्दाको विषयलाई सदनमा उठाउने भएको छ । 

    आज (मंगलबार) बसेको पार्टी संसदीय दलको बैठकमा गिरीबन्धु टी–इस्टेटका विषयमा सदनमा उठाउनुपर्ने विषयमा छलफल भएको छ । 

    महामन्त्री गगनकुमार थापाले अदालतबाट भएको गिरीबन्धु टी–इस्टेटका विषयमा अदालतले गरेको फैसलाबारे जानकारी गराएका थिए । 

    साथै बैठकमा गोकर्ण रिसोर्ट, यति होल्डिङलगायत भ्रष्टाचार र अनियमितताका विषयलाई सदनमा उठाउनुपर्ने विषयमा छलफल भएको कांग्रेसका एक सांसदले जानकारी दिए ।  

    गिरीबन्धु टी–स्टेट प्रकरणमा सत्तारूढ साझेदार दल नेकपा (एमाले) अध्यक्ष केपी शर्मा ओली नेतृत्वको मन्त्रिपरिषद् बैठकले निर्णय गरेको थियो । यसबारे ओलीले नीतिगत भ्रष्टाचार गरेको भन्दै सर्वत्र आलोचना भएको थियो भने अदालतमा समेत मुद्दा चलेको थियो ।  

    प्रकाशित मिति :जेठ १ २०८१ मंगलवार - १०:५५:२२ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij