Logo

२०८२ कार्तिक २२ गते शनिवार

२०८२ कार्तिक २२ गते शनिवार

समाचार

जसपाद्वारा प्रचण्ड सरकारलाई दिएको समर्थन फिर्ता, प्रधानमन्त्रीले विश्वासको मत लिनुपर्छ कि पर्दैन ? 

जसपाद्वारा प्रचण्ड सरकारलाई दिएको समर्थन फिर्ता, प्रधानमन्त्रीले विश्वासको मत लिनुपर्छ कि पर्दैन ? 


  • 4.3K
    Shares

    जसपाद्वारा प्रचण्ड सरकारलाई दिएको समर्थन फिर्ता, प्रधानमन्त्रीले विश्वासको मत लिनुपर्छ कि पर्दैन ? 
    images

    काठमाडौं । उपेन्द्र यादव नेतृत्वको जनता समाजवादी पार्टी (जसपा) नेपालले प्रचण्ड सरकारलाई दिएको समर्थन फिर्ता लिएको छ । 

    आज (सोमबार) मन्त्रीबाट राजीनामा दिएका जसपा नेपालका अध्यक्ष उपेन्द्र यादवले सोमबार सभामुख देवराज घिमिरेलाई पत्र पठाएर प्रचण्ड सरकारलाई दिएको समर्थन फिर्ता लिएको हो । 

    सत्ता साझेदार दल जसपा नेपालले समर्थन फिर्ता लिएसँगै प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले एक महिनाभित्र संसदबाट विश्वासको मत लिनुपर्ने अवस्था आएको छ । 

    यद्यपि विभाजनपछि जसपा नेपालसँग ५ जना मात्र सांसद छन् । सात जना सांसदसहित अशोक राईले जसपा नेपाल विभाजन गरी जसपा बनाएका थिए । राई नेतृत्वको जसपा भने सरकारमा सहभागी हुँदैछ । 

    प्रकाशित मिति :बैशाख ३१ २०८१ सोमवार - १६:१७:४७ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij