Logo

२०८२ कार्तिक २२ गते शनिवार

२०८२ कार्तिक २२ गते शनिवार

राजनीति

वाम एकता असम्भव, सत्ता समीकरण फेरबदल हुनसक्छ : माधव नेपाल  

वाम एकता असम्भव, सत्ता समीकरण फेरबदल हुनसक्छ : माधव नेपाल  


  • 3.2K
    Shares

    वाम एकता असम्भव, सत्ता समीकरण फेरबदल हुनसक्छ : माधव नेपाल  
    images

    काठमाडौं । सत्तारूढ दल नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले सत्ता समीकरण फेरबदल हुन सक्ने बताएका छन् ।

    आज (सोमबार)देखि सुरू भएको पार्टी पोलिटब्यूरो बैठकमा पेश गरिएको राजनीतिक प्रतिवेदनमा अध्यक्ष नेपालले सत्ता समीकरणमा तत्कालिक राजनीतिक सहकार्य मात्रै भएको तर्क गरेका छन् । 

    उनले तत्काल कम्युनिस्ट पार्टीहरूबीच एकता वा वाम एकता सम्भव नभएको निष्कर्ष निकालेका छन् । नेपालले एमाले र माओवादीसँगको सत्ता सहकार्य पनि फेरिन सक्ने निष्कर्ष निकालेका छन् । 

    उनको प्रतिवेदनमा भनिएको छ, ‘यो समीकरण वर्तमान संसदको संरचना अनुसार सरकार निर्माण र सञ्चालनका निम्ति बनाइएको हो । यो दीर्घकालीन होइन तत्कालिक राजनीतिक सहकार्य मात्र हो । त्यसैले तात्कालिक राजनीतिक परिस्थिति बदलियो भने यस्तो तात्कालिक राजनीतिक समीकरण वा सहकार्य पनि बदलिन सक्छ ।’ 

    प्रकाशित मिति :बैशाख ३१ २०८१ सोमवार - १६:०६:१७ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij