Logo

२०८२ भाद्र १ गते आइतवार

२०८२ भाद्र १ गते आइतवार

‘मिस पबी’ अब कमेडी शोमा देखिने

‘मिस पबी’ अब कमेडी शोमा देखिने


  • 4.4K
    Shares

    ‘मिस पबी’ अब कमेडी शोमा देखिने

    काठमाडौँ । टिकटक हुँदै म्युजिक भिडियोमा जमेकी मोडल हुन्, पवित्रा साकी अथार्त ‘मिस पबी’ । ‘मिस पबी’ अब कमेडी शोमा देखिने भएकी छन् । 

    उनी विक्की अग्रवालले निर्माण तथा निर्देशनमा ल्याउन लागेको शो ‘कमेडी दरबार’मा देखिने भएकी हुन् । शोमा उनी कस्तो भूमिकामा देखिने भने अहिले बाहिर ल्याइएको छैन । ‘भूमिका त मलाई पनि थाहा छैन । शोका लागि म एक्साइटेट रहेको छु’, उनले भनिन् ।

    ‘मिस पबी’ पछिल्लो समय फिल्मको दौडमा छिन् । केही अगाडि उनको अभिनय रहने फिल्म ‘राजमहल’ घोषणा भएको थियो । उक्त फिल्म निर्माण हुने नहुने अहिले अन्यौलता छ । उनी अहिले पनि केही फिल्मका अफर भइरहेको बताउँछिन् । फिल्ममा पनि आफू छिट्टै देखिने उनले विश्वास लिएकी छन् ।

    प्रकाशित मिति :बैशाख ३१ २०८१ सोमवार - १३:४१:३८ बजे
    प्रतिक्रिया

    खबरसेन्टर डेस्क

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij