Logo

२०८२ कार्तिक २२ गते शनिवार

२०८२ कार्तिक २२ गते शनिवार

अशोक राई नेतृत्वको जसपा २ मन्त्री र १ राज्यमन्त्रीसहित सरकारमा सहभागी हुँदै (नामावलीसहित)

अशोक राई नेतृत्वको जसपा २ मन्त्री र १ राज्यमन्त्रीसहित सरकारमा सहभागी हुँदै (नामावलीसहित)


  • 7.2K
    Shares

    अशोक राई नेतृत्वको जसपा २ मन्त्री र १ राज्यमन्त्रीसहित सरकारमा सहभागी हुँदै (नामावलीसहित)
    images

    काठमाडौं । अशोक राई नेतृत्वको जनता समाजवादी पार्टी दुई मन्त्री र एक राज्यमन्त्रीसहित सरकारमा सहभागी हुने भएको छ । 

    उसले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ समक्ष प्रदीप यादव र रञ्जु झालाई मन्त्री र सांसद हसिना खान राज्यमन्त्रीमा सिफारिस गरेको जसपाका एक पदाधिकारीले बताए । 

    प्रधानमन्त्री प्रचण्डले यादव स्वास्थ्य तथा जनसंख्या मन्त्री र खान स्वास्थ्य राज्यमन्त्रीको जिम्मेवारी दिने टुंगो लागेको ती पदाधिकारीले बताए । 

    झाको मन्त्रालय भने अहिलेसम्म टुंगो लागेको छैन । उपप्रधानमन्त्री तथा स्वास्थ्यमन्त्री उपेन्द्र यादवले आज (सोमबार) केहीबेरअघि राजीनामा दिएपछि उक्त मन्त्रालय खाली भएको छ ।

    एक साता पहिले उपेन्द्र यादव नेतृत्वको जसपाबाट अशोक राई नेतृत्वको जसपा विभाजन भएको थियो । 


     

    प्रकाशित मिति :बैशाख ३१ २०८१ सोमवार - १३:२५:०१ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij