२०८२ कार्तिक २२ गते शनिवार
काठमाडौं । प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले राष्ट्रपति रामचन्द्र पौडेललाई संसद्मा नीति तथा कार्यक्रम प्रस्तुत गर्न नदिने निष्कर्षमा पुगेको छ ।
पार्टी पदाधिकारी र पूर्वपदाधिको बैठकबाट कांग्रेस उक्त निष्कर्षमा पुगेको हो ।
प्रवक्ता डा.प्रकाशशरण महतका अनुसार कांग्रेस संसदीय छानबिन समिति गठन गर्नुपर्ने मागबाट पछि नहट्ने कायमै छ ।
उपप्रधान तथा गृहमन्त्री रवि लामिछाने सहकारी ठगीमा संलग्न भएको भन्दै उक्त समिति गठन नभएसम्म कांग्रेसले संसद् चल्न नदिने भएको छ ।
यसका साथै भोलि (मंगलबार) अर्थात् जेठ १ गते बस्ने संसद् बैठकमा राष्ट्रपति रामचन्द्र पाडेलले आगामी आर्थिक वर्ष २०८१–८२ को नीति तथा कार्यक्रम प्रस्तुत गर्दैछन् ।
तथापि आज बसेको कांग्रेस पदाधिकारी र पूर्वपदाधिकारीको बैठकले संसद्मा नीति तथा कार्यक्रम प्रस्तुत गर्न नदिने निष्कर्षमा पुगेको छ ।
भोलि दिउँसो ३ बजे संसद् बैठक बोलाइएको छ ।
© 2025 All right reserved to khabarcnter.com | Site By : Sobij