२०८२ कार्तिक २२ गते शनिवार
काठमाडौं । उपप्रधान एवं स्वास्थ्य तथा जनसंख्या मन्त्री उपेन्द्र यादवले पदबाट राजीनामा दिएका छन् ।
यादवले प्रधानमन्त्री प्रचण्डलाई राजीनामा बुझाएका छन् ।
उनीसँगै वन तथा वातावरण राज्यमन्त्री दीपक कार्कीले पनि राजीनामा दिएको यादवका प्रेस सल्लाहकार महेश चौरसियाले बताए ।
मधेस प्रदेश सरकारबाट नेकपा (एमाले) र माओवादी केन्द्रले जसपा नेपाल नेतृत्वको सरकारलाई दिँदै आएको समर्थन फिर्ता लिएसँगै केन्द्रमा यादवले राजीनामा दिएका छन् ।
© 2025 All right reserved to khabarcnter.com | Site By : Sobij