Logo

२०८२ कार्तिक २२ गते शनिवार

२०८२ कार्तिक २२ गते शनिवार

मधेस सरकार गुमाएको जसपा नेपाल केन्द्रीय सरकारबाट पनि बाहिरियो

मधेस सरकार गुमाएको जसपा नेपाल केन्द्रीय सरकारबाट पनि बाहिरियो


  • 2.3K
    Shares

    मधेस सरकार गुमाएको जसपा नेपाल केन्द्रीय सरकारबाट पनि बाहिरियो
    images

    काठमाडौं । माओवादी र एमालेले समर्थन फिर्ता लिएको कारण मधेस प्रदेशको सरकार गुमाउनुपरेको जसपा नेपालले केन्द्रीय सरकारबाट पनि फिर्ता हुने निर्णय गरेको छ । आफ्नो पार्टी नेतृत्वको मधेस सरकार जोगाउन गरेको अनवरत प्रयास असफल भएपछि जसपा नेपालले केन्द्रीय सरकार छाड्ने निर्णय गरेको हो ।

    अशोक राईको नेतृत्वमा जसपा नेपाल विभाजन भएपछि पछिल्लो राजनीतिक समीकरण बनेको हो । मधेस प्रदेशमा जसपा नेपालले नेतृत्व गरेको सरकारलाई दिएको समर्थन माओवादी र एमालेले फिर्ता लिएका छन् । सङ्घीय सरकारमा जसपा नेपालबाट सो पार्टीका अध्यक्ष उपेन्द्र यादव उपप्रधान तथा स्वास्थ्य मन्त्री छन् । 

    अध्यक्ष यादवले सरकारका विषयमा छलफल गर्न प्रधानमन्त्री प्रचण्ड र एमालेका अध्यक्ष केपी शर्मा ओलीसँग छुट्टाछुट्टै भेटघाट गरपनि हातलाग्यो शून्यको अवस्थामा यादव पुगे । भेटघाटका क्रममा यादवले मधेस प्रदेश सरकारका बारेमा कुराकानी गरेका थिए । तर माओवादी र एमालेले यादवको कुरामा सहमति जनाएनन् ।

    माओवादी र एमाले मधेस सरकारबाट फिर्ता भइसकेपछि त्यहाँ अर्को गठबन्धन बनिसकेको छ । सो गठबन्धनमा एमाले, माओवादी, लोसपा र जनमत रहेका छन् । नयाँ गठबन्धनले अर्को सरकार बनाउने भएको छ । एमाले र माओवादी बाहिरिएलगत्तै अल्पमतमा परेको मुख्यमन्त्री सरोजकुमार यादवले भने मन्त्रिमण्डल पुनर्गठन गरेका छन् । 

    प्रकाशित मिति :बैशाख ३१ २०८१ सोमवार - ०४:३६:५४ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij