Logo

२०८२ कार्तिक २२ गते शनिवार

२०८२ कार्तिक २२ गते शनिवार

उपेन्द्र यादवलाई राजीनामा दिन प्रधानमन्त्रीको सन्देश

उपेन्द्र यादवलाई राजीनामा दिन प्रधानमन्त्रीको सन्देश


  • 3.5K
    Shares

    उपेन्द्र यादवलाई राजीनामा दिन प्रधानमन्त्रीको सन्देश
    images

    काठमाडौं । मधेस प्रदेश सरकारबाट नेकपा माओवादी केन्द्र बाहिरिएसँगै केन्द्रीय सरकारको मन्त्रीपरिषदमा समेत त्यसको असर परेको छ ।

    माओवादी केन्द्रका अध्यक्ष तथा प्रधानमन्त्री पुष्पकमल दाहालले उपप्रधान तथा स्वास्थ्य मन्त्री उपेन्द्र यादवलाई सरकार छाड्न सन्देश पठाएको एक उच्च सूत्रले बताएको छ । उपप्रधानमन्त्री यादव जनता समाजवादी पार्टीका अध्यक्ष हुन् । उनकै दलका नेता सरोज यादव मधेश प्रदेशका मुख्यमन्त्री छन् ।

    मधेशको सरकारबाट आफ्नो दलका तर्फबाट मन्त्री रहेका भरतकुमार साह र युवराज भट्टराईले आइतबार मुख्यमन्त्री यादवलाई राजीनामा बुझाएलगत्तै उपप्रधानमन्त्रीलाई पदबाट राजीनामा दिन प्रधानमन्त्रीले सन्देश पठाएको सूत्रले जानकारी दिएको छ ।

    माओवादीले आफ्नो मन्त्रीहरूलाई फिर्ता बोलाएर आजै सरकारबाट समर्थन फिर्ता लिने भएको जानकारी प्राप्त भएको छ । एमालेका तर्फबाट मन्त्री बनेकाहरुले पनि राजीनामा दिएका छन् ।

    प्रकाशित मिति :बैशाख ३० २०८१ आइतवार - १७:३६:५३ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij