Logo

२०८२ कार्तिक २२ गते शनिवार

२०८२ कार्तिक २२ गते शनिवार

समाचार

जीबी राईलाई भगाउने प्रधानमन्त्री प्रचण्डलाई गृहमन्त्री रविले कारबाही गर्नुपर्छ : राप्रपा 

जीबी राईलाई भगाउने प्रधानमन्त्री प्रचण्डलाई गृहमन्त्री रविले कारबाही गर्नुपर्छ : राप्रपा 


  • 3.7K
    Shares

    जीबी राईलाई भगाउने प्रधानमन्त्री प्रचण्डलाई गृहमन्त्री रविले कारबाही गर्नुपर्छ : राप्रपा 
    images

    काठमाडौं । सहकारीको बचत अपचलन गर्ने जीबी राईलाई भगाउने प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई गृहमन्त्री रवि लामिछानेले कारबाही गर्न राप्रपाले माग गरेको छ । सभामुख देवराज घिमिरेले आज (आइतबार) दिउँसो सिंहदरबारमा सत्ता र प्रतिपक्षी दलका प्रमुख सचेतकहरूसँग छलफलको क्रममा राप्रपाले उक्त माग गरेको हो ।

    गृहमन्त्री रविले दिएको अभिव्यक्तिमाथि राप्रपा प्रमुख सचेतक ज्ञानेन्द्र शाहीले सभामुखसँग यस्तो माग राखेका हुन् । उनले भने, ‘देशको बहालवाला गृहमन्त्रीज्यूले देशको बहालवाला प्रधानमन्त्रीले नै जीबी राईलाई भगाएको आरोप लगाउनुभएको छ । जीबी राईलाई यदि प्रधानमन्त्रीले नै भगाउनु भएको हो भने हामीले आज सभामुखसँग पनि भनेका छौं, देशको प्रधानमन्त्री र गृहमन्त्री यही संसदको सदस्य हो । सभामुखलाई हामीले माग राखेका छौं, यदि साँच्चै देशको प्रधानमन्त्रीले जीबी राईलाई भगाएको हो भने अपराधीलाई भगाउने प्रधानमन्त्रीलाई कारबाही हुनुपर्छ ।’

    यसका साथै उनले गृहमन्त्रीले दिएको अभिव्यक्तिमाथि सदनमा गृहमन्त्रीले नै जबाफ दिनुपर्ने शाहीले बताए । 

    ‘राप्रपाले संसदमा यो माग गर्छ, देशको गृहमन्त्रीले नै प्रधानमन्त्रीले जीबी राईलाई भगाएको भनिसकेपछि जनताको पैसा सहकारी राखेका थिए त्यो पैसा खाने ठगलाई प्रधानमन्त्रीले भगाएका हुन् भने ती प्रधानमन्त्रीलाई गृहमन्त्रीले पक्राउ पुर्जी जारी गरूँन्,’ उनले भने, ‘यसबारे हामी सदनमा जबाफ माग गर्छौँ ।’

    प्रकाशित मिति :बैशाख ३० २०८१ आइतवार - १५:२२:४७ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij